नेपालगन्ज : आउँदो मंसिर ४ गते हुने संघिय र प्रदेश सभाको निर्वाचनका लागि राप्रपा नेपालबाट प्रदेश सभा सदस्य क्षेत्र नं. २ “ख” बाँकेबाट समाजसेवी तथा युवा नेतृ आशा विष्टलाई समानुपातिकमा सिफारिस गरिएको छ । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय भुमिका निभाउनुभएका विष्ट बलियो उम्मेद्वार रहेको स्थानिय जनता बताउँछन् ।
गरिव दुखि तथा समाजमा भएको गतिविधिलाई आत्मसात गर्दै नेता विष्टले हरेक जनताको मन मनमा बस्न सफल हुनुभएको छ । १५ बर्षदेखि सामाजिक कार्य गर्दैै आएका विष्ट सुटिङ खेलको अन्तराष्ट्रिय खेलाडी समेत हुनुहुन्छ । राष्ट्रिय सेवामा १० बर्ष कार्य गरेका नेता विष्ट राजनीतिमा राम्रो छवि बनाउनुभएको छ ।
प्रदेश सभा सदस्य क्षेत्र नं. २ ख बाँकेबाट समानुपातिक उम्मेदवारमा सिफारिस हुनुभएका विष्ट बाँकेको रेडक्रस सोसाईटी उपशाखा घरबारिटोलका सहसचिव, सुटिङ संघ बाँकेको उपाध्यक्ष, र सुटिङ संघ लुम्बिनी प्रदेश कोषाध्यक्ष समेत पदमा रहनुभएको छ । राजनीतिमा आएर जनताको सेवा गर्ने मेरो ठुलो धोको रहेको उहाँ बताउनुहुन्छ । जनताको जनप्रिय नेता विष्ट स्थानिय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बाट वडा अध्यक्ष पदमा पराजित हुनुभएको थियो ।
