नेपालगन्ज : खानेपानी तथा सरसफाइ आयोजनामा बजेटको अभावका कारण योजनाले सफलता पाउन चुनौती भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानेले बताउनुभएको छ । बिहीवार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्ज बाँकेद्धारा आयोजित खानेपानी तथा सरसफाई सम्बन्धी बार्षिक कार्यक्रम संचारकर्मीसंग अन्तरक्रियामा खानेपानी आयोजनामा बजेटको अभावका कारण योजनाले सफलता पाउन चुनौती भएको प्रमुख न्योपानेले बताउनुभएको हो । प्रमुख न्यौपानले यो आर्थिक बर्ष खानेपानी तथा सरसफाई सम्बन्धी योजनाहरु धेरै भए तर गत आर्थिक बर्ष भन्दा यो आर्थिक बर्षमा ३३ प्रतिशत बजेट कम बिनियोजन भएको बताउदै आयोजनामा बजेटको अभावका कारण योजनाले सफलता पाउन चुनौती भएको संचारकर्मीहरुलाई बताउनुभयो । सरकारले एउटा योजनाले पुर्णता नपाउदै अर्को आयोजना थप गर्ने र बजेट बिनियोजनमा कनजुसाइ पनि गर्ने भएकोले योजना सफल बनाउन चुनौती बन्दै गएको प्रमुख न्यौपानेले भन्नुभयो । खानेपानी आयोजनामा बाँकेको खजुरा गाउपालिकामा १०, नेपालगन्ज उपमहानगरपालिकामा १० , नरैनापुरमा ९,कोहलपुरमा ७, राप्तीसोनारी गाउपालिकामा २० योजना, बैजनाथ गाउपालिकामा ८, डुडुवा गाउपालिकामा ५, जानकी गाउपालिकामा ५ योजनाहरु तय भएका छन् ।
एउटा योजनाले पुर्णता नपाउदै अर्को योजना थप हुदाँ बजेटको अभाबमा उपभोक्तालाइ पानीको उपभोग गराउनमा असफल भएको प्रमुख न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो “ जनप्रतिनिधीले जनताको आवश्यकता नबुझि मागको आधारमा मात्रै एउटै ठाउमा पटक पटक खानेपानी योजना दोहो¥याउनु भएको छ । अहिलेको अवस्थामा स्थानीय जनप्रतिनिधीले जनताको आवश्यकता बाटोमा मात्र देख्नुभएको छ बाटो ग्राभिल र कालोपत्रे बनाइदिए चुनाबमा भोट आइहाल्छ भन्ने उद्देश्य सरसफाइको स मा पनि ध्यान जान सकेको छैन ।” उहाँको अनुसार बाँकेमा अहिले पनि ८५ प्रतिशत नागरिकले हान्डपम्प, मोटर, धाराकै पानी प्रयोग गर्दै आएका छन् । खानेपानी पाइप अन्तरगत १५ प्रतिशत नागरिकले मात्र खानेपानीको उपयोग गरेको प्रमुख न्यौपानेले बताउनुभयो ।
