(Saturday 25th of July 2026)
`

महिला उद्यमीहरुलाई बैंकबाट ऋण उपलब्ध गराउन नेपालगञ्ज उपमहानगरपालिका लाग्नेछः नगर प्रमुख विष्ट

  • सगरमाथा गन्तब्य
  • 7.5K
    SHARES

    नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महिला उद्यमीहरुलाई बैंकिंग कारोबारमा कुनै प्रकारको असहयोग भए त्यस्तो अवस्थामा पालिकाले बैंकसंग समन्वय गरेर सहयोग गर्ने बताएका छन् । सोमबार नेपालगञ्जमा नव उद्यमशालाको समूदघाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले महिला उद्यमीहरुलाई बैंकले ऋण दिन आनाकानी गरेको खण्डमा पालिकालाई जानकारी गराउन सुझाव दिंदै उक्त बैंकसंग पालिकाले समन्वय गर्ने बताएका हुन् । उनले भने,‘नेपालगञ्ज व्यापारिक हबका रुपमा चिनिएतापनि यस क्षेत्रमा महिला उद्यमीहरुको संख्या न्यून नै रहेको छ । उद्यमीका रुपमा चिनिएकाहरुले पनि विभिन्न खालका आर्थिक मन्दिको सामना गर्नु परिरहेको छ । पुराना र नयाँ महिला उद्यमीहरुलाई उद्यम गर्नकोलागी आवश्यक पर्ने सबै खाले सहयोग पालिकाद्धारा गरिने छ । विशेष गरेर आर्थिक रुपमा आवश्यक हुने सहयोगमा बैंकहरुसंग समन्वय गर्न यो पालिका कहिल्यै पनि पछि पर्नेछैन । यस क्षेत्रलाई महिला उद्यमशिलताको क्षेत्रको रुपमा चिनाउनकालागी पालिकाले गर्नु पर्ने सबै प्रकारका सहयोगमा पालिका सधैं साथमा रहनेछ ।’ कार्यक्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्जका नगर प्रमुख डिला शाहले राज्यको हरेक निकायमा बसेका व्यक्तिलाई व्यावसायिका कुरा सुन्ने फुर्सद नभएको आरोप लागउँदै अबका दिनहरुमा राज्यका प्रत्येक निकायलाई महिला उद्यामीका विषयमा ध्यानाकर्षण गराउन स्वयम महिलाहरु नै लागि पर्नेमा जोड दिईन् । साथै उनले नेपालगञ्जलाई चिनाउने विशेष गरी दुधबाट बन्ने परिकार ‘रावडी’ लाई राष्ट्रिय र अन्तराष्ट्रि बजारसम्म लैजान आवश्यक रहेको पनि बताईन् । यसका लागी महिला उद्यमीहरुलाई नै अग्रसर हुन सुझाव समेत दिईन् । ‘बाहिरबाट आउने आन्तरिक होस् या बाह्य जुनसुकै पर्यटककालागी नेपालगञ्ज आउँदा खानको लागि विशेष चिनारी भनेको रावडी हो । यस्लाई हामीले स्वदेशसंगै विदेशमा पनि बजारीकरण गर्न सक्यौं भने नेपालगञ्जको पहिचान देश व्यापि रुपमा हुनुका साथै विदेशमा समेत हामीले बजार तताउन सक्छौं ।’ नयाँ उद्यमीहरुलाई सुझाव दिंदै उनले भनिन्,‘कुनैपनि व्यावसाय गर्नु पुर्व आफुले गर्ने व्यावसायको बारेमा अध्ययन गरेर गर्न आवश्यक छ । अध्ययन गरेर शुरु गरेको व्यावसायबाट कहिल्यैपनि घाटा बेर्होन पर्दैन ।’ शाहले नेपालगञ्जलाई आर्थिक रुपमा सक्षम गराउन यस क्षेत्रबाट धेरैभन्दा धेरै राजस्व बृद्धि हुनुपर्नेमा जोड दिईन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology