(Saturday 25th of July 2026)
`

फोनिज बाँकेद्धारा नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेले नेपाल पत्रकार महासंघ बाँकेलाइ ज्ञापन पत्र बुझाएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारुले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाइ बिहीवार ज्ञापन पत्र बुझाउनुभएको हो ।
    नेपाल पत्रकार महासंघका सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हो भनि स्थापित गरियोस भन्न उद्देश्य र माग सहित बिहीवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला बाँके शाखा मार्फत नेपाल पत्रकार महासंघ बाँकेलाई ज्ञापनपत्र बुझाइएको (फोनिज) बाँकेका अध्यक्ष थारुले जानकारी गराउनुभयो । अध्यक्ष थारुले संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्बीर सहित ज्ञापन पत्र बुझाएको छ ।
    ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका सचिब कमल डाँगी,कोषाध्यक्ष बिनोद पौडेल,फोनिज बाँकेका कोषाध्यक्ष दिपक राइ, सदस्य सुस्मा श्रेष्ठ, संचारिका समुह नेपाल बाँकेका कार्यसमिती सदस्य आशा परियार, पत्रकार मेराज सलमानी,सागरमाथा गन्तब्य डटकमका मार्केटिङ्ग अफिसर बिरु गोडियाको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology