(Saturday 25th of July 2026)
`

बाँकेमा थप २ जना कोरोना संक्रमित

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    नेपालगन्ज  : बाँकेमा थप २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । बुधवार जमुनाहा हेल्थ डेस्क मा गरिएको कोरोना परिक्षणबाट बाँकेका २ जनामा कोरोना संक्रमित पुस्टि भएको हो । कोरोना संक्रमित पुष्टि हुनेमा २ जना पुरुष रहेका कारोना फोकल प्रसन बाँकेका तेज ओलीले जानकारी गराउनुभएको छ । यो संगै बाँकेमा कोरोना संक्रमित संख्या २१ जार ३ सय ४६ जना पुगेको छ । यस्तै बुधवार बाँकेमा २ जना डिस्चार्ज भएका छन् भने २० हजार ९ सय ६४ जना कोरोना संक्रमितबाट मुक्त भएको फोकल प्रसन ओलीले बताउनुभयो । कोरोना भाइरसको चौथो लहर शुरु भय यता बुधवार सम्म बाँकेका ३ सय ५३ जनाको मृत्यु भएको उहाले जानकारी गराउनुभएको छ । उहाँको अनुसार बाँकेमा २९ जना सक्रिय कोरोना संक्रमित रहेको उहाँले जानकारी दिनुभएको छ । सक्रिय कोरोना संक्रमित मध्य भेरी अस्पताल नेपालगन्जमा १ जना महिला र २८ जना होम आइसोलेसनमा रहेको फोकल प्रसन ओलीले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology