(Saturday 25th of July 2026)
`

खजुरामा बृहत तीज महोत्सव हुँदै, आजैदेखि लाखे नाच हुने

  • सगरमाथा गन्तब्य
  • 9K
    SHARES

    नेपालगन्ज : बाँकेको खजुरामा बृहत तीज महोत्सव २०७९ हुने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा यही १४ गते खजुरामा बृहत तीज महोत्सव हुने भएको हो । खजुरा क्षेत्रको संरक्षण समिति खजुरा ३ को आयोजनामा बृहत तीज महोत्सव हुने भएको आयोजकले शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । हरेक बर्ष झै यस बर्ष पनि खजुराको लक्ष्मी नारायण मन्दिर अगाडी बृहत तीज महोत्सव आयोजना गरिन लागेको खजुरा क्षेत्रको संरक्षण समितिका अध्यक्ष दुर्गालाल विश्वकर्माले जानकारी गराउनुभयो ।
    विगत २ बर्षदेखि कोभिड १९ का कारण खजुरा क्षेत्रमा तीज महोत्सव हुन नसकेको कारण यस बर्ष तीजको दिन आम जनमानसमा हुने हर्ष, उल्लासलाई भव्यका साथ बनाउन तीज महोत्सव कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । खजुराको तिजमा रमाउने शैली, संस्कृति तथा प्रचलनलाई पुनः जिवन्त बनाई खजुुरा क्षेत्रको सांस्कृति पहिचानको संरक्षण, संम्बद्र्धन गर्ने जिम्मा युवा बर्गको रहेको अध्यक्ष विकले बताउनुभयो । नृत्य प्रतियोगितामा सामुहिक तथा एकल नृत्य प्रस्तुत गर्न सकिने आयोजक खजुरा क्षेत्रको संरक्षण समितिका सचिव प्रेम बुढाथोकीले बताउनुभयो ।
    तीज महोत्सवले खजुरा क्षेत्रमा सामाजिक एकता, सहिष्णुता, सदभाव, र सहकार्यको विस्तार गर्नमा सहयोग पु¥याउने सचिव बुढाथोकीले बताउनुभयो । युवाहरुको माझ खजुरा क्षेत्रको मौलिक, सांस्कृतिक, मुल्य मान्यता आदिलाई चिनाउदै भावी पुस्तालाई मौलिक सांस्कृतिक, मुल्य मान्यता आदिलाई उचित ज्ञान हस्तान्तरण गर्न खजुरा क्षेत्रमा हरेक बर्ष बृहत तीज महोत्सव गरिने गरेको आयोजकले जनाएको छ ।


    महोत्सवमा सामुहिक तथा एकल नृत्यमा भाग लिने प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई पुरस्कृत गरिने आयोजक टिमका अध्यक्ष विकले जानकारी गराउनुभयो । प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई क्रमस १० हजार, ७ हजार, ४ हजार र सान्त्वनालाई १ हजार नगद प्रदान गरिने छ । तीज महोत्सवको उद्घाटन खजुरा गाउपालिका अध्यक्ष डम्बर बहादुर विकले गर्ने कार्यक्रम तय भएको छ भने गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology