(Saturday 25th of July 2026)
`

दानविर महिला चौधराईनको स्मृति दिवसमा फलफुल वितरण

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES

    नेपालगन्ज : बाँके जिल्लाको नेपालगन्जमा अधिकांश स्वास्थ्य, शिक्षा र खेलकुदमा बढि भन्दा बढि जग्गा दान दिएका स्वर्गिय औतारदेई चौधराईनको आज (सोमवार) ९ औं स्मृति दिवस मनाईएको छ । ९ औं स्मृति दिवसको अवसरमा नेपालगन्ज स्थित नारायण माविमा रहेको उहाँको सालिकमा माल्यणर्पण र विद्यार्थीहरुलाई फलफुल वितरण गरिएको हो । नेपालगन्जको भेरी अस्पताल, नारायण माध्यमिक विद्यालय, स्वास्थ्य कार्यालय तथा महेन्द्र बहुमुखि क्याम्पसमा जग्गा दान दिएका स्वः चौधराईनको स्मृति दिवसमा उहाँको सालिकमा माल्यापर्ण गरि मनाएको नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा कशौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा उहाँको ठुलो योगदान रहेको भन्दै उहाँलाई नेपालगन्जवासीले कहिल्यै विर्सन नसकिने व्यवसायी नन्दलाल बैश्यले बताउनुभयो ।
    चौधराईनको योगदानले अहिले वैश्य समाजको नाम अग्रस्थानमा आउने गरेको प्रति गर्भ महसुस हुने गरेको उहाँले बताउनुभयो । दानविर महिलाको रुपमा चिनिने औतारदेईले पु¥याएको योगदानले लाखौं बालवालिकाको उज्वल भविश्य भएको बताउनुभयो । उहाँले आफ्नो मात्र नभई समाजको लागि बढि उत्तरदायि भुमिका निभाउने निदर स्वभावकी चौधराईनले नेपालगन्जवासीको लागि अतुलनिय योगदान दिएर जानुभएको छ उहाँ प्रति हार्दिक श्रद्धासुमन व्यक्त छ उहाँले भन्नुभयो । चौधराईनका बुहारी रमारानी बैश्यले फुलमाला चढाई माल्यणपर्ण गर्नुभयो । उहाँको सालिक देखेर झलझली याद आयो उहाँले भन्नुभयो ।


    उहाँ जस्तो समाजसेवी नेपालगन्जमा कमै भेटिने गरेका छन् । उहाँले पु¥याएको योगदानले आज हाम्रो २२÷२५ जिल्लाका बालवालिका पढ्न तथा उपचारका लागि सेवा लिई रहेको उहाँले बताउनुभयो । औतारदेई चौधराईनको स्मृति दिवसमा नेपालगन्ज स्थित नारायण माविका बालवालिकाहरुलाई फलफुल वितरण समेत गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology