(Saturday 25th of July 2026)
`

अपोलो मेडिक्स अस्पतालको रुपइडिहामाबाट सुपर स्पेसलिष्ट ओपीडी सुरु

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज । नेपालगन्जको सिमावर्ती बजार रुपइडिहामा लखनऊको प्रसिद्ध अपोलो मेडिक्स अस्पतालले शनिवारबाट सुपर स्पेसलिष्ट ओपीडी सेवा सुरु गरेको छ ।
    रुपइडिहाको अमान किदवई कम्प्लेक्स ,इँग्लिश मिडियम प्राईमरी स्कूलकै सामुन्ने बहराइचका एमएलसी डा. प्रज्ञा त्रिपाठी, बहराइच जिल्लाका बिजेपी अध्यक्ष श्याम करन , टेकडीवाल र सोही जिल्लाकै प्रहरी प्रमुख एडिसनल एसपी ज्ञानन्जय सिंहले संयुक्त रुपमा शनिवार सुपर स्पेसलिष्ट ओपीडी सेवाको उद्घाटन गर्नुभएको हो ।
    उद्घाटन कार्यक्रममा अपोलो अस्पतालका प्रसिद्ध न्युरोलोजिष्ट विशेषज्ञ डा. धवल नारांग, नेफ्रोलोजी एबम किड्नी रोग विशेषज्ञ डा. जाँनी अग्रवाल, नेपालगन्जका उपमेयर कमरुद्दिन राई, रुपइडिहाका सर्पन्च लगायतको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा बोल्दै एमएलसी डा. प्रज्ञाले अब नेपालीलाई लखनऊ जानै नपर्ने बताउनुभयो । त्यस्तै एडिसनल एसपी ज्ञानन्जयले अपोलो अस्पताल सुरु गरेको यो सेवाले सबैलाई फाइदा पुग्ने बताउदै लखनऊ जान नपरेर समय र पैसाको बचत हुनुका साथै आफ्नै घर नजिक विशेषज्ञ चिकित्सकबाट परामर्श पाँउदा राम्रो हुने बताउनुभयो ।
    अस्पतालका सहायक प्रबन्धक ध्रुब गौड्का अनुसार उक्त सुपर स्पेसलिष्ट ओपीडी सेवामा प्रसिद्ध न्युरोलोजिष्ट विशेषज्ञ डा. नारांग, नेफ्रोलोजी एबम किड्नी रोग विशेषज्ञ डा. अग्रवालले शनिवार एक सय बढी नेपाली तथा रुपइडिहावासीको स्वास्थ्य जाँच गरेका छन् । अब हरेक महिनाको पहिलो शनिबार ३ बजेदेखि साँझ ५ बजेसम्म उक्त सेवा दिइनेछ । स्पेसलिष्ट ओपीडी सेवाको ६ सय शुल्क रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology