(Saturday 25th of July 2026)
`

जिल्ला प्रशासनलाई कुखुरा व्यवसायीको ध्यानाकर्षण

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज : कुखुरा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेलाई अबैध ओसार पसार रोकिदिन आग्रह गरेका छन ।
    शुक्रवार जिल्ला प्रशासन कार्यालय पुगेको कुखुरा व्यवसायी टोलीले ध्यानाकर्षण गराएको हो । कुखुरा व्यवसाय मन्चको अगुवाईमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले भारतबाट अबैध रुपमा कुखुरा भित्रिदा किसान लगायत समग्र व्यवसायलाई असर पुगेको जनाएको छ । कुखुरा व्यवसाय मन्च बाँकेका अध्यक्ष धर्मराज पोख्रेलले बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रिलाई ध्यानाकार्षण पत्र बुझाउँदै वर्षौदेखि भारतबाट अबैध रुपमा भित्रिदा नेपालका किसानले गरेको लगानी सुरक्षित हुने वातावरण नभएको बताउनुभयो ।
    किसान तथा व्यवसायि पलाएन हुने अवस्थामा पुगेकाले यस तर्फ राज्यको ध्यान जानपर्नेमा जोड दिनुभयो । जबसम्म भारतिय कुखुरा रोकिदैन तवसम्म नेपालका किसान तथा व्यवसायीको लगानी शुरक्षित नहुने अध्यक्ष पोख्रेलले उल्लेख गनुभयो ।
    कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष इश्वर सुवेदिले भारतबाट अबैध कुखुरा भित्रिदा नेपाली कुखुरा विक्रि नभइरहेको दुखेसो पोख्नुभयो । अधिकांश पसलहरुमा नेपाली कुखुरा भन्दा पनि भारतिय कुखुरा आयात गरि विक्रि वितरण गरेकाले व्यवसाय नै चौपट बनेको उहाँले बताउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी खत्रिले किसानलाई हौसला दिने जिम्मेवारी सबैको रहेकाले आफुहरु यस विषयमा गम्भिर रहेको बताउनुभयो । उहाँले कहि कसैले अबैध रुपमा कुखुरा भित्रिरहेको थाहा पाएभने मात्र प्रहरीलाई खबर गरिदिन अनुरोध गर्नुभयो । समन्वय सहकार्य बाटै अबैध कुखुरा ओसार पसार रोक्न सकिने भन्दै हातेमालोका लागी अग्रसर भैदिन सरोकारवालाहरुलाई प्रमुख जिल्ला अधिकारीले अनुरोध गर्नुभयो । कुखुरा व्यवसायीलाई अगागि बढाउन स्थानिय सरकारले पनि उचित न्याय गर्न पहल अघि बढाउनुपर्नेमा सहभागीहरुको जोड थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology