(Saturday 25th of July 2026)
`

भेरी अस्पतालमा २९० जना कारवाहीको लिस्टमा

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगन्ज : भेरी अस्पताल विकास समितिले अग्रीम हाजिरी गरेको भन्दै वरिष्ठ चिकित्सक डा. सुरेश कुमार नागलाई कारवाहीको सिफारिस गरेपनि अस्पतालमा अन्य चिकित्सक र कर्मचारीले पनि अग्रीम हाजिरी गर्ने गरेको खुलेको छ । अस्पतालको बेथिती बारे चर्चा चलेपछि जिल्ला प्रशासन कार्यालयले छड्के जाँच गर्दा अर्का एक वरिष्ठ चिकित्सक सहित स्टाफ नर्शहरुले पनि अग्रीम हाजिरी गरेको खुलेको हो ।
    बिहीवार विहान १०ः१५ बजे प्रशासनबाट गरिएको छड्केमा २ सय ९० जना कर्मचारी समयमा ड्युटीमा उपस्थित नहुने लिष्टमा परेका छन् । अग्रीम हाजिरी गर्नेमा डाक्टर नाग सहित डाक्टर निर्मल शाक्य, चार जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगी रहेका छन् । डा. नाग माथि समितिले एक्सन लिएपछि भने डा. शाक्यले गरेको हाजिरीमा टेप टाँसिएको छ ।
    ३ सय ७८ जना कर्मचारी रहेको भेरीमा २ सय ९० जना स्वास्थ्यकर्मी र कर्मचारीहरु छड्केमा परेका हुन् ।
    भेरीमा व्यवस्थापन कमजोर देखिएको कोहीले अग्रिम हाजिर गरेको, कोहीले हाजिरी नै गरेका भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । उहाँले अस्पताल प्रशासन कमजोर रहेको बताउँदै छड्केमा परेकाहरुलाई विभागीय कारवाहीका लागि मन्त्रालयमा लेखेर पठाईने जानकारी दिनुभयो ।
    कर्णाली र सुदुरपश्चिम प्रदेशको मुख्य रिफर सेन्टरका रुपमा रहेको भेरी अस्पतालमा राजनीतिक भागवण्डामा मेडिकल सुपरिटेन्डेन्ट नियुक्त हुन थालेपछि बेथिती शुरु भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology