(Saturday 25th of July 2026)
`

समाज जागरण १४ औं बर्षमा

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    नेपालगन्ज : समाज जागरण साप्ताहिक पत्रिकाको १४ औं बार्षिकोत्सव तथा सत्यमखबर डटकम अनलाईन न्यूजको दोस्रो बार्षिकोत्सव भव्यताको साथ शुक्रवार नेपालगन्जमा मनाईएको छ । समाज जागरण साप्ताहिक पत्रिकाले १३ औ बर्ष देखि निरन्तर पीडित र पछाडि पारिएको बर्गको सहारा बनेर र आवाज बिहिन जनताको आवाज बनेर निष्पक्ष ढंगले आफनो कर्तव्य निर्वाह गदै १४ औ बर्षमा प्रवेश गरेको समाज जागरण पत्रिकाका प्रकाशक सम्पादन चन्द्रेश्वर त्रिपाठीले जानकारी गराउँनु भएको छ ।
    उहाँले समाज जागरण पत्रिका र सत्यमखबर अनलाईन सदैब जनताको हितमा र सत्यतामा कलम चलाउँने प्रतिबद्धता समेत जनाउँनुभएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि समाज जागरण साप्ताकिक पत्रिकाले आफ्नो वार्षिकोत्सव धुमधामका साथै मनाएको छ । प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर प्रशान्त बिष्टले यस समाज जागरण साप्ताहिकले अवधी भाषा–भाषीहरुको क्षेत्रमा गरिरहेको योगदान सराहनीय रहेको तथा अवधी भाषा, संस्कार,साँस्कृतिको विकासमा थप सहयोगको लागि नेपालगन्ज उपमहानगरपालिका सदैव तयार रही हातेमाले गर्ने बताउनुभयो ।
    प्रमुख अतिथि मेयर बिष्टले अवधी भाषा मै आफ्नो मन्तब्य राख्ने क्रममा समाज जागरण साप्ताहिकको १४ औं वार्षिकोत्सव तथा सत्यमखबर डटकम अनलाईन न्यूजको दोस्रो वार्षिकोत्सवको थप सफलताको शुभकामना दिनुभएको थियो ।


    विशिष्ट अतिथि तथा वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले यस वडाका सम्पूर्ण गतिविधिलाई वडाबासी माझ पु¥याउने स्थानीय सञ्चार भएको हुँदा हामीले बेलाबखत समाज जागरण साप्ताहिकको सहकार्यमा कार्य गर्ने गरिएको जानकारी गराउँदै वडा प्रोफाइल पनि यसै मध्य एक हो भनी बताउनुभयो ।
    यस वडा प्रोफाइल मार्फत वडामा २०७४ सालको स्थानीय निर्वाचत पछि मेरो नेतृत्वमा भएका सम्पूर्ण गतिविधिहरुलाई उल्लेख गरिनुका साथै हाल वडामा भएको भौतिक निर्माण, शिक्षा, स्वास्थ्यलगायत विषय समेत उल्लेख गरेको बताउनुभयो । यसबाट वडाबासीहरुलाई वडामा भौतिक निर्माणदेखि स्वास्थ्य, शिक्षासम्मको जानकारी पाउन सजिलो हुने भएको हुँदा वडामार्फत वडा प्रोफाइल प्रकाशित गरिएको बताउनुभयो ।
    कार्यक्रममा नेपाल ईट्टा उद्योग उद्योग व्यवसायी संघका अध्यक्ष देवबहादुर ओलीले ईट्टा उद्योगीहरुको समस्या समाधानको लागि छिमेकी मित्र राष्ट्र भारतका पत्रकारहरुले सहयोग गरी कलम चलाई दिनु हुन अनुरोध गरेका थिए । अध्यक्ष ओलीका ईट्टा उद्योगमा ढुवानीका लागि खच्चरको समस्या, कामदारको समस्या तथा हामीले उद्योगमा बालबालिकाहरुको प्रयोग नगरिएको हुँदा सम्बन्धित पत्रकार मित्रहरुले यसतर्फ चासो दिएर कमल चलाई दिए हामी ईट्टा उद्योगीहरुको समस्या समाधान हुने विश्वास रहेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सार, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष रुद्र सुवेदी, फुल्टेक्रा ट्राफिक प्रमुख दिलबहादुर शाही, सत्यमखबर डटकमका सहसम्पादक हेमन्तराज काफ्ले, समाज जागरणका सहसम्पादक कुन्तलराज शर्मा, कार्यकारी सम्पादक बिष्णुलाल कुमाल, अवधी भाषी पत्रकार अजयकुमार गुप्ता, पत्रकार मधु पौडेल, भगतराम थारु, अजय पाठक, भिष्मा लोध, मनोज कौशल, समीर अलीलगायत ६० बढीको सहभागिता रहेको थियो ।


    मित्र राष्ट्र भारतको रुपईडिहाबाट पत्रकार शेरसिंह कशौधन, श्यामकुमार मिश्रा, रईस अहमद, महबुब अहमदलगायतको सहभागिता रहेको थियो । कार्यक्रम कै बीचमा सत्यमखबरका सहसम्पादक हेमन्तराज काफ्लेद्वारा मोरिङ्गाको बिरुवा उपहार स्वरुप प्रदान गरिएको थियो ।
    समाज जागरण साप्ताहिकका कानुनी सल्लाहकार तथा सत्यमखबर डटकमका सम्पादक अधिवक्ता पूर्णप्रसाद ढकालको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन समाज जागरण साप्ताहिकका प्रकाशक चन्द्रेश्वराज त्रिपाठीले गरेका थिए भने अतिथिहरुको स्वागत सन्ध्या शर्मा, चन्दा सिंह, उमेशनाथ मिश्राले टोपी, खादा तथा टिका लगाएका गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology