(Saturday 25th of July 2026)
`

एमाले बाँकेद्धारा जिल्ला प्रशासनमा धर्ना

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    नेपालगन्ज : नेकपा एमाले बाँकेले नागरिकका जनजीविकाका सवाललाई मुद्दा बनाएर आइतवार जिल्ला प्रशासन कार्यालय बाँकेमा दुइ घण्टा घेराउ तथा धर्ना कार्यक्रम गरेको छ । एमाले बाँकेले नागरिकका अतिआवश्यकीय सवालहरु किसानका लागि मल, वीउ, चर्को मुल्य बृद्धि, महंगी, कालोबजारीकरण, संकटाउन्मुख राष्ट्रियताका जस्ता मुद्दालाई लिएर घेराउ तथा धर्ना कार्यक्रम गरेको हो ।
    बाँके जिल्ला कमिटीको बैठकले एक महिने जनजीविका तथा पार्टी सुदृढीकरण अभियान अन्तरगत आइतवार नेपालगन्जमा यो कार्यक्रम गरेको बाँके जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार एमाले बाँकेले पार्टीको आन्तिरक कार्यक्रम सहित विभिन्न नागरिक हितका कार्यक्रमहरु यही ५ गते देखि पत्रकार सम्मेलन मार्फत जानकारी गराएको बताउनुभयो ।
    एमाले नेता तथा कार्यकर्ताले किसानलाई मल दे, पेट्रोलियम पदार्थको मुल्यबृद्धि अन्त्य गर, चर्को महंगी अन्त्य गर, सबै प्रकारका हिंसा अन्त्य गर, महिला हिंसा अन्त्य गर, शान्ति सुरक्षा कायम गर जस्ता नारा सहित धर्ना गरेका थिए । धर्ना कार्यक्रममा केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, जिल्ला पार्टी अध्यक्ष, उपाध्यक्ष, सचिब लगायत जिल्ला तहका नेता तथा जनबर्गिय संगठनका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा पार्टी अध्यक्ष कक्षपतिले संबोधन गरी समापन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology