(Saturday 25th of July 2026)
`

मुल्य वृद्धि विरुद्ध १ घण्टा सडक चक्काजाम

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकामा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध १ घन्टा सडक चक्काजाम गरेका छन् । मंगलबार अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटिद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध १ घन्टा सडक चक्काजाम गरिएका हुन् । बागेश्वरी क्याम्पसको गेटदेखि साँझा चोकमा पुगेर विद्यार्थी ¥याली निकाली टायर बालेर १ घन्टा चक्काजाम गरिएको अनेरास्ववियु केन्द्रिय सदस्य तथा बाँके जिल्ला सह इन्चार्ज टोप राज जैसीले जानकारी दिनुभयो । आन्दोलन कार्यक्रममा अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस अध्यक्ष महेन्द्र प्रकाश मल्लको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology