(Saturday 25th of July 2026)
`

विद्युत अनियमितताबारे बाँके प्रशासनलाई ध्यानाकर्षण

  • सगरमाथा गन्तब्य
  • 6.2K
    SHARES

    नेपालगञ्ज : अनियमित विद्युतको समस्याबारे नेपाली काँग्रेसले बाँके प्रशासनको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलको नेतृत्वको काँग्रेस टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अनियमित विद्युत समस्या सल्टाउन आग्रह गरेको हो । सबैभन्दा बढी गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ र लो भोल्टेजका कारण आम सर्वसाधरणको दैनिकी कष्टर बनेको भन्दै विद्युत समस्या तत्काल सल्टाउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी लिनु पर्ने पार्टी सभापति गौडेलले बताउनुभयो ।
    यसैपनि तापक्रम ४० डिग्री हाराहारीमा छ । गर्मीले आमसर्वसाधरण आक्रान्त भएका छन् । त्यसैमा घण्टौं वत्ति जाने र वत्ति भएपनि लो भोल्टेजका कारण पंखै समेत नचल्ने अवस्था छ । नागरिकको अधिकारनै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइरहेको गैरजिम्मेवारपूर्ण व्यवहारप्रति काँग्रेसले आप्mनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । छिनछिनमा आउने जाने वत्तीले सर्वसाधरणदेखि व्यापार, व्यवसाय एवम् कलकारखानाले समेत क्षति व्यहोर्नु परेको छ । लो र हाई भोल्टेज भइरहने समस्याले इलेक्ट्रोनिक्स सामानमा क्षति पुगेको भन्दै यसतर्फ गम्भीर हुन गौडेलले आग्रह गर्नुभयो ।
    त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले नेपालगञ्जको विद्युत समस्याबारे आफु गम्भीर रहेको बताउनुभयो । उहाँले समस्या समाधानका लागि पहल गर्ने आश्वसन दिनुभयो । पार्टी सभापति गौडेलको नेतृत्वमा काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पार्टी उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, सहसचिव रेणु सिंह, क्षेत्र नं.१ का क्षेत्रीय सभापति पोषण केसी, २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, ललित कुमार रौनियारलगायत सिडिओ कार्यालय पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology