(Saturday 25th of July 2026)
`

बाँके राष्ट्रीय निकुञ्जबाट बन्दुकसहित शिकारी पक्राउ

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित सैनिक पोशाकमै एक जना शिकारीलाई नियन्त्रणमा लिइएको छ ।
    बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय, बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले आईतबार ती शिकारीलाई हतियारसहित पक्राउ गरेको हो ।
    बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–१३ सिम्री बस्ने वर्ष ५४ का बमबहादुर पल्ली मगरलाई पक्राउ गरिएको बाँके राष्ट्रिय निकुञ्जका वाडेन श्यामकुमार साहले जानकारी दिनुभयो । सेना र निकुञ्ज प्रशासनको नियमित गस्तीका क्रममा उनलाई पक्राउ गरिएको साहले जानकारी दिनुभयो ।
    पक्राउ परेका मगरका साथबाट एकनाले भरुवा बन्दुक लोड गरिएको अवस्थामा बरामद गरिएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश सापकोटाले जानकारी दिनुभयो ।
    ‘सेनाले लगाउने पोशाक जस्तै लुगा लगाएर शंकास्पदरुपमा निकुञ्ज मध्यवर्ती क्षेत्रमा भेटिएका बमबहादुरलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको हो,’ सूचना अधिकारी सापकोटाले भन्नुभयो–‘लोड गरिएको भरुवा बन्दुक असुरक्षित भएपछि सेनाले ‘अनलोड’ गर्नुभयो ।
    उक्त बन्दुक पड्काएको वन्यजन्तु मारेको भने पाइएन ।’ ‘सेनाले लगाउने पोशाकमै भेटिएका मगरले सेना र सुराकीलाई छलि वन्यजन्तुको शिकार गर्न खोजेको भन्ने बुझिएकोछ उहाँले बताउनुभयो । उनी र बरामद हतियार आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको निकुञ्ज सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology