नेपालगन्ज : चलचित्र पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा राम चन्द्र पौडेल सर्वसम्मत चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा समिरमान श्रेष्ठ, सचिवमा विक्रम बुढाक्षेत्री, सहसचिवमा लक्ष्मी तिमिल्सेना र कोषाध्यक्षमा निशु जोशी (अमृता) सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यमा मोहम्मद जावेद हल्वाई, रजनी योगी, ज्ञानु संगम खड्का, समिर शाह, राम प्रसाद आचार्य र सावित्री विक चयन हुनुभएको छ । ११ जनाको कार्यसमिति पुनर्गठन भएको समितिको सल्लाहकारमा कमल खत्री र गणेश राई चयन हुनुभएको छ ।
चलचित्र पत्रकारलाई संगठित एंव मर्यादित बनाऔं भन्ने नाराका साथ चलचित्र पत्रकार संघ नेपालका महासचिव समिर बलामीको प्रमुख आतिथ्यतामा चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा पुनर्गठन गरिएको हो । देशभरी ११ शाखा रहेको पत्रकार संघमा करिव ७ सय जना पत्रकारले चलचित्र विटमा समाचार लेख्ने गरेको संघका महासचिव बलामीले भन्नुभयो । २००८ सालमा पहिलो पटक नेपालमा चलचित्र रिलिज भएको हो भने २०४२ सालमा व्यवसायीक रुपमा चलचित्रको नेपालमा शुभारम्भ गरिएको महासचिब बलामीले बताउनुभयो । भारतमा बार्षिक १२ सय र नेपालमा १ सय ३० चलचित्र बार्षिक निर्माण हुने गरेका छन् । चलचित्र पत्रकार संघ नेपाल बाँकेको पुनर्गठन कार्यसमिति कार्यक्रममा बागेश्वरी चलचित्र प्रालिका व्यवस्थापक सञ्जिव शाक्यको समेत सहभागिता रहेको थियो ।
