नेपालगन्ज, २८ जेठ – पत्रकार महिलाहरुको क्षमता अभिबृद्धीका लागि बिकास सुशाशन र समावेशिता पत्रकारिता दुई दिने तालिम नेपालगन्जमा सुरु भएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशको समन्वयमा महिला पत्रकारहरुको क्षमता अभिबृद्धीका लागि बिकास सुशाशन र समावेशिता पत्रकारिता दुई दिने तालिम शनिवारदेखि नेपालगन्जमा सुरु भएको हो ।
पुरुषहरुको तुलनामा महिला पत्रकारहरु पलायमान हुँदै गएकोले महिला पत्रकारलाई दिर्घकालिन राख्ने उद्देश्यले दुई दिने तालिमको आयोजना गरिएको हो । उक्त तालिममा दाङ्ग, बाँके, बर्दिया गरेर ३ जिल्लाको महिला पत्रकारलाई समावेश गराएर क्षमता अभिबृद्धी सम्बन्धि तालिम प्रशिक्षण गराईएको छ ।
सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशका महासचिब मेनुका चौधरी, सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशको सदस्य, सञ्चारिका समूह नेपाल बाँकेको अध्यक्ष रुपनी जीएम लगायत लुम्बिनी प्रदेशका ३ वटा जिल्लाका महिला पत्रकारहरुको सहभागीता रहेको थियो । स्वास्थ्य कार्यालय बाँकेको स्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले तालिमको प्रशिक्षण गर्नुभएको थियो ।
