नेपालगन्ज : होटल व्यवसायी संघ बाँकेको १८ औं साधारणसभा तथा १० औं अधिबेशन शुक्रवार नेपालगन्जमा सम्पन्न भएको छ । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कडेलको अध्यक्षतामा भएको १८ औं साधारणसभा तथा १० औं अधिबेशन कार्यक्रमको प्रमुख आतिथ्यता होटल व्यवसायी संघका केन्द्रिय अध्यक्ष हिराध्वज शाह रहनुभएको थियो । साधारणसभा तथा अधिबेशन कार्यक्रमको समुदघाटन दिप प्रज्वलन गरि केन्द्रिय अध्यक्ष शाहले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पर्यटन सम्बन्धि कलम चलाएको भन्दै संघले बाँकेका ४ जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ । सम्मान हुनेमा कान्तिपुर दैनिकका बाँके समाचारदाता रुपा गहतराज, गोरखापत्र दैनिक बाँके समाचारदाता सिराज खान, जि न्युज फोरकेका एमडि आशिष कुमार गुप्ता, हिमालयन न्युज हबका सम्पादक रुपनी जिएमलाई पुरस्कृत गरेको हो ।
यस्तै उत्कृष्ट होटल व्यवसायी, जेष्ठ नागरिक लगायतलाई सम्मान गरिएको छ । होटल व्यवसायीले आर्थिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि काम गरिरहेको होटल व्यवसायी संघ बाँकेले जनाएको छ । होटल व्यवसायीले कोरोना कहरमा अति नै समस्या परेका नागरिकलाई खाना तथा बास बस्ने व्यवस्था समेत गरि सहयोग प्रदान गरेको व्यवसायीहरुको भनाई छ । साधारणसभा तथा अधिबेशन कार्यक्रममा होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, बाँके प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी, होटल व्यवसायी संघ बाँकेका सल्लाहकार नारद पुरी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुुरी (चुन्ना), नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देल लगायत होटल व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
