(Saturday 25th of July 2026)
`

जालानलाई कारवाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    बाँके : इस्लाम धर्मका विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै नेपालगन्जमा शुक्रवार प्रर्दशन गरिएको छ । नेपालगन्जका राजेश जालानले इस्लाम धर्म विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएपछि त्यसका विरुद्ध मुस्लिम समुदायले प्रदर्शन गर्दै कारवाहीको माग गर्दै बाँकेका सिडिओलाई ज्ञापनपत्र बुझाएका छन् ।
    जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथि प्रश्न खडा गरी भारतमा भईरहेको विवादलाई नेपालमा समेत गराउने तरिकाले स्टाटस लेखेकोले उनीमाथि कारवाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । विवादास्पद धार्मिक अभिव्यक्ति दिनेहरु माथि तत्काल कारवाही नगरिए सद्भावमा ठूलो असर पर्ने अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । ज्ञापनपत्रमा जालानलाई अविलम्ब पक्राउ गरी कारवाही गर्नुपर्ने, बाँकेमा हिंसा र घृणाको चक्र सिर्जना हुन नदिन सदभाव समितिको बैठक बसेर समाधानको विकल्प तयार पारिनु पर्ने माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै बाँकेका सिडिओ सूर्यबहादुर खत्रीले सद्भाव कायम गर्ने सवालमा आफुहरु गम्भीर रहेकाले घटनाबारे बुझेर निकास निकालिने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology