नेपालगन्ज : चोरीको मुद्दामा कैदीका रुपमा जेलमा जीवन बिताईरहेका नेपालगन्ज उपमहानगरपालिका वडा नं २ बाँकेको १७ बर्षिय सुन्दर हरिजन रोल्पा कारागारको शौचालयमा झुन्डिएको अवस्थामा अस्वभाबिक रुपमा मृत फेला परेपछि मानव अधिकाकर्मीले कारागारको व्यवस्थापनमा लापरवाही गरेको प्रश्न उठाएका छन् ।
रोल्पाको कारागारमा भएको हरिजनको मृत्यु सम्बन्धमा नेपालगन्जका मानव अधिकारकर्मीले गरेको स्थलगत रिर्पोटिङ्गका अनुसार चोरीको मुद्दामा कैद सजाय भोगेका हरिजन छुट्नु पर्नेमा अपराधिक लाभ मुद्दाका बिजय बिक्रम शाह छुटेपछि मृतक हरिजनको घटना रहस्यमय भएको बताएका छन् । मानव अधिकारकर्मीले मंगलवार सार्बजनिक गरेको स्थलगत रिर्पोटिङ्गको प्रतिवेदन अनुसार प्रहरी प्रशासनको चरम लाफरबाहीको कारण हरिजनले आत्महत्या गर्न बाध्य भएको जनाएका छन् ।
जन्मदार्ता अनुसार नाबालक ठहरिएका हरिजनलाई बालक घोषित गरि बालगृहमा राख्नुपर्नेमा कारागारमा राखिएकोले हरिजनको मृत्युहुनुमा प्रहरी प्रशासान लगायत सम्बन्धित समेत जिम्मेवार रहेको उनिहरुले बताएका छन् ।
सुर्खेत बराहल गाउँपालिका वडा नं १ घोडाआँखेका २७ बर्षिया बिजय बिक्रम शाहको कैद सजाय हरिजनले र हरिजनको कैद सजाय शाहले सट्टापट्टी हुदा घटना शंकास्पद रहेको अधिकारकर्मीले बताएका हुन् । अधिकारकर्मीले गरेको स्थलगत रिर्पोटिङ्ग कारागार जस्तो संवेदनशिल ठाउँमा एक एर्काको सजाय अदलाबदली हुनुमा प्रहरी प्रशासनको चरम लापरवाही र शंकास्पद रहेको मानवअधिकारकर्मीहरुले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।
