नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बस्ने ४५ बर्षका अनिता देवि बानियालाई प्रहरीले पक्राउ गरेको छ । लेनदेन मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०५६ साल बैशाख ६ गतेको फैसलाले ३ महिना कैद तोकिएकोमा फरार प्रतिवादी बानिया हालसम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलवार बानियालाई पक्राउ गरिसम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।
