नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का जनप्रतिनिधिहरुलाई सोमवार एक कार्यक्रमका विच स्वागत तथा पदभार ग्रहण गरिएको छ । यही बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सोमवार एक कार्यक्रमका विच स्वागत तथा पदभार ग्रहण गरिएको हो । नेपालगन्ज ११ को आयोजनामा भएको स्वागत कार्यक्रममा वडा अध्यक्ष नन्द किशोर कश्यपले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ लाई नगर कै नमुना वडा बनाउन अहोरात्र खटिने जानकारी गराउनुभयो ।
वडाका टोल टोललाई सरसफाई मुक्त बनाउन सरसफाईमा बढि जोड दिई शिक्षा, स्वास्थ्य, खानेपानीका साथ साथै विकास निर्माणको कामलाई पनि बढि प्रथामिकता दिने कुरामा कश्यपले जोड दिनुभयो । वडाको समग्र विकासका लागि टोलवासीसंग छलफल गरि सम्मन्वय गरिने जानकारी उहाँले गर्नुभयो । स्वागत कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, युवा, स्वास्थ्य स्वयमसेविका, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
