नेपालगन्ज : राप्तीसोनारी गाउँपालिकाको पारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको मत परिणाम अनुसार राप्तीसोनारी गाउँपालिका वडा नं ९ मा १५ सय ४९ मत गणना हुँदा नेकपा एमालेको पक्षमा ५ सय १६ मत खसेको छ । नेपाली कांग्रेसको पक्षमा ३ सय ९६ मत खसेको छ । नेकापा माओबादी केन्द्रको पक्षमा ४ सय ८४ मत खसेको छ । राप्रपाको पक्षमा १ सय १४ मत खसेको छ । राप्तीसोनारी गाँउपालिका वडा नं ९ मा नेकपा एमालेले अग्रता कायमै गरेको छ । राप्तीसोनारी गाँउपालिकाको बाँकी औपचारीक अपडेट आउन बाँकी छ ।
