बर्दिया । आसन्न स्थानिय तहको निर्वाचनको मौन अवधी शुरु हुन अब केही घण्टा मात्र बाँकी छ । आज (मंगलबार) राती १२ बजेदेखि शुरु हुने मौन अवधीको समय लागू हुनु पुर्व नै उम्मेदवारहरुले जनताको घरमा गएर आफ्ना प्रतिबद्धता पत्र र मतपत्रमा छाप कसरी लगाउने भन्ने बारे जानकारी गराई सक्नु पर्ने हुन्छ । मैन अवधिको समय नजिकिंदै गर्दा उम्मेदवारहरुको घरदैलो कार्यक्रम र प्रत्यक्ष रुपमा जनतालाई आफ्ना योजना सुनाउने कार्यक्रमलाई तिव्रता दिन उम्मेदवारहरुलाई भ्याई नभ्याई छ ।
आजदेखि लागू हुने मौन अवधीको समय अगावै नै केही उम्मेदवारहरुले आज अन्तिम दिन आफ्नो शक्ति प्रर्दशन सहीतको र्यालीहरु गाउँगाउँदेखि टोलटोल हुँदै शहरभरी निकालेका छन् भने केहीले कोणसभा गरेर आफ्ना कार्यक्रमहरुलाई स्थगित गरेका छन् । कोण सभा गरेर कार्यक्रम स्थगीत गर्नेमा बर्दिया बढैयाताल गाउँपालिका एमाले तर्फका अध्यक्ष उम्मेदवार लाल बहादुर श्रेष्ठ पनि एक हुन् । उनले आज आफ्नो पालिकाको विभिन्न वडाहरुमा गएर कोणसभा मार्फत जनतालाई आफ्ना प्रतिबद्धताहरु सुनाएका थिए ।
सोही क्रममा उनी उक्त पालिकाको वडा नं. ७ बोकटियामा पुगेका थिए । उनी आफ्ना प्रतिबद्धता सुनाउनकालागी उक्त गाउँमा पुगेका थिए । जंगलको छेवैमा रहेको उक्त गाउँका मानिसलाई उनले सोही जंगलको एक छेऊमा कोणसभा गरेर आफ्ना प्रतिबद्धता सुनाई रहंदा भने हामी त्यहाँ पुगेका थियौं । जनताको हीतकालागी आफुले अबको पाँच वर्षमा विकासे कार्यक्रमहरु ल्याएको सुनाउँदै थिए । हामी भने छेऊमै बसेर उनका कुुरा सुन्न गएका केही जनतालाई उनका बारेमा प्रश्न गरेऊ ।

हामीसंग प्रश्न उत्तरमा सहभागी भईन् सोही गाउँकी तारा थापा । उनलाई हामीले यो पाँच वर्षमा तपाईँले पालिका अध्यक्ष श्रेष्ठलाई भेट्नु भयो त ? भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्,‘भेटें । मैले उहाँलाई पालिकामै आएको सिलाई कटाईको कार्यक्रमकालागी भेटेकी थिएँ । मलाई सम्झना छ हामी एक ग्रुपमा गएका थियौं । उहाँले हामीलाई शुरुमै नमस्कार पनि गर्नु भएको थियो । हामीेले गर्नुपर्नेमा उहाँले नै हामीलाई नमस्कार गर्दा हामी त्यतिबेला निकै लजाएका थियौं ।’ अध्यक्षले गरेको व्यवहारप्रति खुशी हुँदै उनले अगाडी भन्,ि‘हाम्रो गाउँमा बाटो र पुलपुलेसाको काम बाँकी नै छ र यस्कालागी पनि उहाँले नै जित्नु पर्छ ।’
तारा जस्तै उक्त क्षेत्रको विकासे योजनाकोलागी श्रेष्ठले नै जित्नु पर्छ भन्छन् नन्दालाल चौधरी पनि । नन्दलालको पेशा कृषि हो । त्यसैले उनी एक किसान हुन् र किसान भएको नाताले आफु र आफ्नो टोलबासीले विगत पाँच वर्षमा उनै पालिका अध्यक्ष पदका उम्मेदवार श्रेष्ठद्धारा दिईएको कृषि अनुदानले आफुहरुलाई निकै नै सहयोग गरेको उनले बताए । उनी बंगुर व्यावसायी भएको नाताले पालिकाबाट आफु लगाएत सो गाउँका किसान र विभिन्न प्रकारका व्यावसाय गर्नेहरुले पालिकाबाट पाउनु पर्ने सबैखाले अनुदान पाएको बताउँछन् नन्दलाल । किसानसंग संगै भिजेर काम गर्न रुउँछन् लाल बहादुर भन्दै यो निर्वाचनमा पनि उनले नै जित्नु पर्ने बताउँछन् उनी ।
पालिका अध्यक्ष उम्मेदवार लाल बहादुर श्रेयष्ठको बारेमा तारा र नन्दलाल जस्तै मत राखे तीर्थप्रसाद अधिकारीले पनि । ५६ वर्षिय अधिकारीले पालिका अध्यक्ष श्रेष्ठ दोहोरिएकोमा आफुलाई निकै खुशी लागेको बताए । उनले भने,‘कम बोल्ने तर काम गर्ने मान्छे दोहोरिनु भएको छ । हामी जनता त निकै नै खुशी छौं । अब उहाँले विगतका वर्षहरुमा गर्न बाँकी रहेका सबै कामहरु पुरा हुने भए ।’ जनताका यी भनाईले लाल बहादुुरलाई जीतको नजिक पुर्याएको छ । उक्त पालिकामा सत्तागठबन्धन र एमालेबीच प्रतिस्पर्धा छैन ।
