(Saturday 25th of July 2026)
`

निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

  • सगरमाथा गन्तब्य
  • 11K
    SHARES

    नेपालगञ्ज,  नागरिक समाजका अगुवाले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनासँगै आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेस्थित नागरिक समाजको प्रतिनीधीत्व गर्ने पेशागत संघ संगठनका प्रमुख, निर्वाचन पर्यवेक्षक, अधिकारकर्मी, सञ्चारकर्मी, गैससकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउन सर्व प्रथम स्वयंले आचारसंहिताको पालना गर्ने र दल लगायत अन्यलाई पनि आचार संहिता कार्यान्वयनका लागि सचेत गराउने प्रतिबद्धता व्यक्त गरिएको हो । संवाद समूह बाँकेद्धारा आइतबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो । निर्वाचन स्वच्छ, शान्तिपूर्ण र विश्सनीय बनाउन आचार संहिता कार्यान्वयन नै प्रमुख दायित्व हुनु पर्र्ने कुरामा सबै एकमत देखीएका हुन् । चुनावी प्रचार प्रसारको नाममा आचारसंहिता विपरित व्यानर र झण्डाको व्यापक प्रयोग गरिएको भन्दै सहभागी अधिकांसले नागरिकस्तरबाट सचेततासँगै खवरदारीमा पनि जोड दिएका थिए । राष्ट्रिय मानवअधिकार अयोग नेपालगञ्जका प्रमुख झंकर रावलले निर्वाचन आचार संहिता र मतदाता शिक्षालाई व्यापक र प्रभावकारी नबनाइएको भन्दै मतदान गर्ने शान्त र सहज बातावरण बनाइनु पर्ने आवश्यक्ता औल्याउनु भयो । निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन नागरिक समाजको अंह भूमिका रहे पनि निर्वाचन गराउने निकाय थप संवेदनशिल र जिम्मेवार बन्नु पर्ने उहाँको सुझाव थियो । उच्च अदालत बार एशोसीएशन नेपालगञ्जका अध्यक्ष शिवराज श्रेष्ठले निर्वाचनको मौन अवधीमा आचार संहिता उल्लघंन हुने सम्भावना रहेको भन्दै मतदातालाई प्रभावित पार्ने काम कही कतैबाट गर्न नहुनेमा जोड दिनु भयो । उहाँले आमनागरिकलाई सचेत रहन पनि आग्रह गर्नु भयो । इन्सेक लुम्विनी प्रदेश प्रमुख भोला महतले आचार संहिता पालना गनुपर्नेले नै आचार संहिता उल्लघंन गर्न उदत देखीएको भन्दै पालना भए नभएको नियमन गर्नु पर्नेमा जोड दिनु भयो ।
    राष्ट्रिय अपांग महासंघका सचिव भावुकजंग थापाले अपांगता भएका, असक्त व्यक्तिहरुका लागि सहज मतदान गर्ने व्यवस्था मिलाइनुपर्ने आवश्यक्ता औल्याउनु भयो । कार्यक्रममा नेपालगन्ज उद्दोग बाणिज्य संघका महासचिव चिरञ्जीवी वली, नेपाल बार एशोसीयशनका पुर्व वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ, सीवीन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरु, जिल्ला बार बाँके अध्यक्ष जनक बहादुर शाही, नियोकका प्रतिनीधी बसन्त गौतम, सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित, तिवारी, थर्ड एलायन्सका क्षेत्रीय संयोजक एवं पत्रकार मो आलम खान, महिला अधिकारकर्मी कमला पन्त, फातिमा फाउण्डेशन नेपलकी अध्यक्ष एवं मुस्लिम अगुवा मैमुना सिद्यीकी लगायतले दलका प्रचार प्रसारमा बालबालिका प्रयोग, पैंसा खर्च गरेर मतदाता प्रभावित पार्ने कार्य, सञ्चार माध्यमको हुन सक्ने दुरुपयोग, आचार संहिताको प्रभावकारी अनुगमन तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो ।
    संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्य र महत्वमाथि संवाद समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले प्रकाश पार्नु भएको थियो । संवाद समूह, बाँकेले स्थानीय तह निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले १२४ अतिसंवेदनशिल र १२ संवदेनशिल मतदानस्थलन छन् । बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology