(Saturday 25th of July 2026)
`

रामदास थारुले बुनेको योजना–‘राप्तीसोनारीमा अर्गानिक खेती’

  • सगरमाथा गन्तब्य
  • 13.1K
    SHARES

    बाँके ; राप्तीसोनारीलाई कृषिक्षेत्रको पकेट क्षेत्र बनाएर त्यहाँ अर्गानिक खेती गर्ने योजना बनाएका छन् पालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रामदास थारु र उपाध्यक्ष उम्मेदवार चमेली बाकबलले । कृषिक्षेत्रमा उत्कृष्ट पालिका बनाउने कार्ययोजना सहित यतिबेला यि उम्मेदवारहरुले घरदैलो गरिरहेका छन् ।
    चुनावी अभियान अन्तरगत राप्तिसोनारी गाउँपालिकाको ९ वटै वडामा एक चरणको परिचयात्मक कार्यक्रम सम्पन्न गरेसङ्गै दोस्रो चरणको कार्यक्रम घरदैलो सङ्गै मतदाता शिक्षा पनि सिकाइएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्यले बलराम भट्टराईले जानकारी गराएका छन् । उनले वडा नम्बर ५ र ६ र ७ मा भएको उत्साहजनक घरदैलोले रामदास थारु लगायत सम्पुर्ण एमालेका उम्मेदवारको जित सुनिश्चित भएको बताए ।
    घरदैलो अभियान पछिको कोणसभालाई सम्बोधन गर्दै थारुले शिक्षा, स्वास्थ कृषि, रोजगारी, खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांंगताको सवाललाई नेकपा एमालेले अगाडि बढाएको बताएका छन् ।
    शिक्षाको क्षेत्रमा गाउँपालिकाको साझेदारीमा विभिन्न प्राविधिक कार्यक्रमहरु रहेको प्राविधिक शिक्षालय संचालन गरिने उनले बताए । आफु निर्वाचित भए एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने बताए ।
    यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पदकी उम्मेदवार वाकाबलले आफु अनि आफ्नो पाटिले मतदाताको भरोसा जितेको बताइन । उनले गाउँपालिका भित्र रहेका कृषिमा आश्रीत वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा वर्गिकरण गर्दै ती वडामा सिंचाइँको व्यवस्था गरिने बताइन ।
    यस्तै भारतीय तरकारीको आयात रोकेर किसानहरुलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिने र महिला तथा बालबालिकाहरुको सवालमा महिला हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने अनाथ बालबालिकाहरुको संरक्षणका लागि गाउँपालिकामा बालगृह संचालन गरिने बताइन् ।
    यस्तै उनले बेराजगार समस्या समाधानका लागि युवाहरुलाई विभिन्न किसीमका रोजगारमुलक तालिमहरु संचालन गरिने । यस्तै महिला लक्षित लघुउद्यमहरुको संचालन गरिने प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति, आधुनिक प्रयोगशालालगायत सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्करुपमा औषधि वितरण र आपूर्तिमा नियमितता गरिने युवा तथा खेलकुदका सवालमा सम्पूर्ण विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने कुरामा जोड दिइएको बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology