नेपालगन्ज ः स्थानिय तहको निर्वाचनले गाउँ, घर, शहर, टोल टोलमा चुनावी रौनक छाएको छ । आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्नो प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो अभियानलाई तीब्रता दिएका छन् । स्थानिय तहको निर्वाचनलाई लक्षिल गरेर राजनीतिक दलहरुले आफ्नो प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो अभियानलाई तीब्रता दिएका हुन् ।
बिभिन्न दलका उम्मेद्वार मतदाताका घरघरमा चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । नेकपा एमाले डुडुवा गाउँपालिका पालिका कमिटिले घरदैलो अभियानमा सक्रियता देखाउदै प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागी डुडुवा गाउँपालिका पालिका कमिटिले घरदैलो अभियानमा सक्रियता देखाउदै प्रतिबद्धता पत्र सार्बजनिक गरेको हो । डुडुवा गाउपालिका अध्यक्ष पदका प्रत्यासी सरोज कुमारी यादब, उपाध्यक्ष पदका प्रत्यासी शकिल अहमद खाँले प्रतिबद्धता पत्र जारी गर्नुभएको थियो ।
चुनाबी प्रतिबद्धता पत्रमा पुर्वधार बिकास र यातायात, कृर्षी वन र सिचाई, सार्वजनिक प्रशासन र सुशासन, स्वास्थ्य, आर्थिक बिकास एवम् समृद्धि, युवा तथा रोजगार, पर्यटन प्रवद्र्धन, शान्ति सुरक्षा, सामाजिक तथा सांस्कृतिक कार्य, गैसस परिचालन, शिक्षा, जलवायु र बिपद व्यवस्थापन लगायतलाइ पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।

स्थानिय निर्वाचनमा अत्याधिक बहुमतकाले विजयी हुने लक्ष्यका साथ एमाले डुडुवा गाउँपालिका पालिका कमिटिले पालिका क्षेत्रमा घरदैलो अभियान तिब्र बनाएको डुडुवा अध्यक्ष पदका प्रत्यासी यादबले बताउनुभयो । जनताको घरदैलोमा पुग्दा जनताले देखाएको प्रतिक्रियाले चुनाब जित्नुमा बिश्वस्त रहेको अध्यक्ष पदका प्रत्यासी यादबले जानकारी गराउनुभयो ।
जनताले नेकपा एमालेलाई बुझीसकेकाले आफ्नो जित सुनिश्चित रहेको उपाध्यक्ष पदका प्रत्यासी खाँ ले बताउनुभयो । पालिकामा आउने बजेट जनता सामु पारदर्शीता गरेर जनताको समस्या र अपेक्षालाइ पहिलो प्राथमिकता दिएर पालिकाको बिकासमा जोड दिने उहाँले भन्नुभयो । प्रतिबद्धता पत्र सार्बजनिक तथा घरदैलो अभियान अन्तरर्गत एमालेले शनिवार डुडुवा गाउँपालिका वडाहरुमा एमाले जिताउ घरदैलो अभियानका साथ ¥याली निकाली चुनावी प्रचार गरेको थियो ।

