(Saturday 25th of July 2026)
`

खजुरा ३ मा वडा अध्यक्षका प्रत्यासी पूर्णबहादुर भण्डारी नामले मात्र खरिएका होइनन् कामले पनि पोख्त

  • सगरमाथा गन्तब्य
  • 12.7K
    SHARES

    नेकपा एमालेको तर्फबाट खजुरा गाउँपालिका वडा नं. ३ मा वडा अध्यक्षका प्रत्यासी पूर्णबहादुर भण्डारी उमेरले मात्र खारिएका छैनन् कामको अनुभवले पनि पोख्त छन् । खजुराको शिक्षालगायत थुप्रै सामाजिक संस्थामा अनुभव संगालेका भण्डारीको सामाजिक यात्रा कहिले पनि रोकिएन । उनी घरेलु तथा साना उद्योग महासंघको आन्दोलनमा निरन्तर छन् । उक्त संस्थाको जिल्ला हुँदै केन्द्रीय उपाध्यक्ष बनेका भण्डारीको कुशल नेतृत्व गर्न सक्ने क्षमता भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । सामाजिक आन्दोलनका साथै राजनीतिमा कम्युनिस्ट आन्दोलनबाट प्रेरित भण्डारी नेकपा एमालेका पुराना कार्यकर्ता हुन ।

    उनी हाल नेकपा एमाले खजुरा गाउँ कमिटी वडा नं. ३ का अध्यक्षको समेत जिम्मेवारीमा छन् । खजुराका पाका र पुराना मध्येका एक कुशल नेतृत्वको क्षमता भएकै कारण पार्टीले उनलाई अगाडि सारेको नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् । नम्र स्वभाव, कार्यकुशलता उनको विशेषता हो । खजुरा बजारमा लामो समयदेखि चिउरा मिल संचालन गर्दै आएको भण्डारीलाई किसानदेखि व्यापारीसम्मले चिनेका छन् । पूर्ण भण्डारी वडा अध्यक्षको उम्मेदवार बन्दै गर्दा शालिन, भद्र र सबैसंग समान व्यबहार गर्ने पात्र मात्र नभई अनुभवी र परिपक्व तथा स्वच्छ छ्विको रूपमा जनताले मूल्यांकन गरेको एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौला बताउँछन् । भण्डारीको टीममा देउमाया थापा मगर्नी सदस्य, सुमित्रा बिक दलित महिला सदस्य, कोपिला कँडेल महिला सदस्य र मित्र थापा सदस्य छन् । वडा नं. तीन गाउँपालिकाको केन्द्र, मदन भण्डारीले बहुउद्देश्यीय सभाहल, १५ वेडको अस्पताल जस्ता थुप्रै गौरवको योजना रहेकाले यी योजना पूरा गर्नुका साथै समग्रमा सन्तुलित विकास आफ्नो प्राथमिकता भएको भण्डारी बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology