नेपालगन्ज : आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) ले घरदैलो अभियानलाई तिब्रता दिएको छ । स्थानिय तहको निर्वाचन नजिकिएसँगै निर्वाचनलाइ लक्षित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) ले घरदैलो अभियानलाइ तिब्रता दिएको हो ।
घरदैलो अभियानमा सक्रियता देखाउँदै नेपालगन्ज उपमहानगरपालिका वडा नं २ वडा अध्यक्ष पदका प्रत्यासी आशा बिष्ट जनताको घर घरमा पुग्नु भएको छ । आफ्नो पक्षमा मत ल्याउनका लागि राप्रपा नेपालगन्ज २ वडा अध्यक्षका प्रत्यासी सहितको टिम झन्डा, व्यानरसहित घरदैलोमा अभियानमा जुटेका छन् ।
वडा अध्यक्षका प्रत्यासी बिष्ट नेपालगन्ज २ को टोल टोलमा गएर जनतासंग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो गर्नुभएको छ । उहाँले भन्नुभयो म जनताको घरदैलोमा पुग्दा जनताले देखाएको सक्रियताले स्थानिय तहको निर्वाचनमा बहुमत लिएर बिजय हुनेकुरामा म बिश्वस्त छु । जनताले घरदैलो अभियानमा दिएको माया र साथले निर्वाचनमा थप उत्साह थपिएको छ उहाँले भन्नुभयो । अध्यक्ष पदका उम्मेदवार विष्ट, सदस्य सहितको टिम सोमवार नेपालगन्ज वडा नं. २ को घरवारीटोल, गुम्बा टोल, न्युरोड लगायतका ठाउँमा घरदैलो गरेका छन् ।
