(Saturday 25th of July 2026)
`

जसपाका गाउँ इकाई कमिटिका अध्यक्षसहित ५० जना एमालेमा प्रवेश

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    डुुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेको प्रचार कार्यालय खोलिएको छ । प्रचार कार्यालयको एमालेबाट डुडुवा गाउँपालिकाकी अध्यक्ष उम्मेदवार सरोजकुमारी यादव र उपाध्यक्ष उम्मेदवार शकिल खाँले शनिवार संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
    एमालेका गाउँ इकाई कमिटि वडा नं. ६ का अध्यक्ष ओरीलाल मुराउको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै लुम्बिनी प्रदेशका सांसद विजयबहादुर यादवले प्रदेश सरकारले पठाएको बजेट गाउँपालिकाले खर्च गर्न नसक्दा सबै रकम फ्रिज भएको बताए । डुडुवामा एमालेको सरकार बनेमा ५ जना किशोरीलाई पूर्ण छात्रबृत्तिमा एमबीबीएस पढाउने घोषणा गरे ।
    कार्यक्रममा एमाले डुडुवाका अध्यक्ष एवं उपाध्यक्ष उम्मेदवार शकिल खाँ र वडाध्यक्षका उम्मेदवार मोहनराम मिश्रले सात वटै सूर्य चिन्हमा छाप लगाई डुडुवामा एमालेलाई विजयी गराउन आग्रह गरे ।
    सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ५० जना एमालेमा प्रवेश गरेका थिए । जनता समाजवादी पार्टी (जसपा)का गाउँ इकाई कमिटि अध्यक्ष हेमराज पासी, नेपाली काँग्रेसका गाउँ इकाई कमिटिकी सदस्य फुलपतिया महाउतलगायत ५० जना जसपाका कार्यकर्ता एमालेमा प्रवेश गरेको कार्यक्रम सञ्चालक बिराउन शेषले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology