(Saturday 25th of July 2026)
`

पुरानो भिडियो क्लिप पोष्ट गर्दै हराउ अभियानमा लागेकाहरुलाई भुसालको जवाफ,‘भू माफियाको प्रचारमा कोहलपुर बासीले ध्यान दिनेछैनन’

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    रुपनी जि.एम : बाँके, कोहलपुर । स्थानिय तहको निर्वाचन नजिकिन अब केही दिन मात्र बाँकी रहँदा नेकपा एमाले र एमालेका उम्मेदवार हराउन भू माफियाका केही नाईकेहरु जनताको आँखामा छारो हाल्ने प्रयास गरिरहेका छन् । उनीहरुले आउँदै गरेको स्थानिय चुुनावलाई लक्षित गर्दै विगतमा एमालेका नेताहरुलाई आफैले उकासेर बनाएको अडियो, भिडियोका केही क्लिपहरुलाई अहिले विभिन्न सञ्चार माध्यमहरुमा पोष्ट गर्दै एमालेका उम्मेदवारहरुप्रति भ्रम श्रृजन गर्न जनताको आँखामा छारो हाल्ने प्रयास गरिरहेका छन् ।
    विशेषगरी बाँकेको कोहलपुर नगरपालिकामा एमालेको तर्फबाट सोही पालिकाको अध्यक्ष एवं मेयर पदका प्रत्यासी उम्मेदवार खिल प्रसाद भुसाललाई लक्षित गर्दै भू माफियाहरुको केही नाईकेहरु नै सक्रिय भईरहेका छन् । उनीहरुले विगतमा जग्गाको विषयलाई लिएर अध्यक्ष भुसाललाई जथाभावि बोल्नका लागी उकासेर आफैले तयार बनाएको भिडियोको केही फुटेजलाई अहिले सार्वजनिक गरेर जनतालाई भ्रमित पार्ने प्रयासमा लागि परिरहेका छन् ।
    यस विषयमा खिल प्रसाद भन्छन्,‘जे जस्तो भिडियो मेरो विरुद्धमा सार्वजनिक गरिएको छ ती कोहलपुरको विकास र यहाँका जनताले पाउने सबै खाले सेवा सुविधाहरुबाट बञ्चित रहुन् भन्ने उद्देश्यले गरिएको भू माफियाहरुको एक प्रकारको चाल हो । मलाई विश्वास छ यहाँका जनताहरुले त्यस्ता भू माफियाहरुद्धारा गरिएको कु प्रचारमा ध्यान दिने छैनन् ।’ सुनियोजित ढंगले आफुलाई हराउन लागि परिरहेकाहरुको कुनैपनि प्रकारको कुरामा विश्वास नगर्न मेयरका उम्मेदवार भुसालले कोहलपुर बासीलाई आग्रह गरेका छन् ।
    उनको भनाई अनुसार भिडियो फुटेज सार्वजनिक गर्नुको एउटै कारण ‘एमाले हराउ, कोहलपुरको विकासमा बाधा पुु¥याउ’ भन्ने अभियानलाई सफल बनाउने मात्र हो । मेयर पदका प्रत्यासी रहेका खिल प्रसादले आफुुलाई प्रभोग गरेर भू माफियाहरुले थाहै नदिएर बनाएको उक्त भिडियोमा आफु जनताको नेता नभई पार्टीले खटाएको पार्टीको नेता भएको कुरा बोलेकोमा दुःखी पनि छन् । ‘मलाई जति सुकै उचालेतापनि मैले त्यसो बोल्नु हुँदैनथ्यो ।’ उनी भन्छन्,‘त्यो शब्द मैले प्रयोग गर्ने वित्तिकैदेखि आजसम्म मेरो मनमा बिझि रहेको छ ।’
    आफ्नै दम्भमा जनताको मनमा बस्न सफल र कोहलपुराका प्रत्येक वडा बासीले रुचाएका खिल प्रसाद कुराकानीकै क्रममा भन्छन्,‘उमेरले पाको भएतापनि, मान्छे चिन्ने परिपक्क बुद्धि भएतापनि कतिपय समय र घटना क्रम यस्तो आउने रहेछ कि त्यतिबेला न परिपक्क भईसकेको उमेरले दिने प्रस्तुुती हुन्छ न त मान्छे चिनेर दिईने बुुद्धिको जवाफ नै सकारात्मक हुन्छ । मलाई पनि त्यस्तै भएको थियो ती भू माफियाहरुले थाहै नदिएर बनाएको उक्त फुटेजमा ।’
    उनी अगाडी भन्छन्,‘उनीहरुले मलाई उकासेतापनि म उक्सिनुु हुँदैनथ्यो । त्यतिबेला मलाई लाग्यो, त्यो समयमा मलाई घेराबन्दीमा पारेर भिडियो बनाउनेहरुको ग्यांगलाई मैले जवाफ दिई रहेको छुु । त्यसैले तिमीहरुले बनाएको जनप्रतिनीधि म हैन भन्ने आशयमा उक्त जवाफ दिएको थिएँ । उनीहरुले त्यही कुरालाई सोशल मिडियामा हालेर मेरो राजनैतिक करियर नै बर्बाद गर्न लागि परिरहेका छन् । जब कि यो साँचो हैन । त्यतिबेला मलाई ट्रर्यापमा पारेर त्यस्तो बोल्न बाध्य बनाएको कुरा यहाँका जनताले बुझ्नेछन् भन्नेमा म विश्वस्त छु ।’
    जनतालाई भ्रम श्रृजना गराउने उद्येश्यले तयार पारिएको उक्त भिडियो फुटेजलाई कोहलपुरको अहीत चाहाने ती भू माफियाहरुले कोहलपुरमा आफुलाई हराउनकालागी प्रयोग गर्नेछन् भन्नेमा आफु पहिला नै ढुक्क भएको बताउनुभयो । यसै सन्दर्भमा मेयर पदका प्रत्यासी भुुसालले उक्त भिडियोमा आफुुद्धारा बोल्न नहुने शब्द बोलिएकोप्रति सम्पुर्ण कोहलपुरबासीसंग माफि माग्दै उक्त भिडियोको पछाडि लागेर आफुले गरे जस्तै गल्ती नगर्न र भू माफियाहरुले फैलाएको जालोमा नपर्न सबैलाई आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology