नेपालगन्ज – ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियम बारे प्रशिक्षण संचालन गरेको छ । ट्राफिक प्रहरी कार्यालय बाँकेले राष्ट्रिय सेवा दल, पश्चिम तालिम शिक्षालय कौशिलानगर स्थित ट्राफिक नियम बारे शनिवार प्रशिक्षण तालीम संचालन गरेको हो ।
ट्राफिक प्रहरीले बाँकेमा तालिमरत एनसिसि जुनियर डिभिजन क्याडेट ४७ औं व्याचका छात्र तथा छात्राहरुलाई ट्राफिक नियम, ट्राफिक व्यबस्थापन, सवारी दुर्घटना न्यूनिकरण, सवारी साधनमा चढ्दा तथा ओर्लिदा ध्यान दिनुपर्ने कुरा र लेन अनुशासनको पालना सम्बन्धि प्रशिक्षण गराएको ट्राफिक प्रहरी कार्यालयका सहायक निरीक्षक दमन बिक्रम सेनले जानकारी दिनुभयो ।
