आशा परियार – नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ट्याबलेट सहित एक जना मानिसलाइ पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ जमुनाह चेकपोष्ट स्थित प्रहरी टोलीले शनिवार लागुऔषध ट्याबलेट सहित एक जना मानिसलाइ पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका वडा नं १८ स्थितमा बस्ने २२ बर्षिया बिकास बि.क.लाई अबैध लागु औषध ट्याबलेट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभएको छ ।
उक्त प्रहरी टोलीले बिकलाई शंका लागी चेकजाँच गर्ने क्रममा ट्रामडल क्याप ८० फाईल ८ सय क्याप्सुल कम्मरमा बाँधी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएका प्रहरी टोलिले फेला पारी नियन्त्रणमा लिई आबश्यक अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
