नेपालगन्ज : बाँके ट्राफिक प्रहरीले विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरेको छ । ट्राफिक प्रहरीले कोभिड १९ बाट बच्ने उपायका बारेमा लुम्बिनी प्रदेश स्तरिय सचेतना कार्यक्रम गरिएको हो ।
अस्थाई ट्राफिक प्रहरी पोष्ट धनौलीबाट खटिएका प्रहरी टोलीले बिहीवार खजुरा गाउपालिका वडा नं. ५ स्थित दिपक ईङ्गलिस मेडीयम हाई स्कुलमा अध्यनरत कक्षा २ देखी १० कक्षा सम्मका विध्यार्थिहरुलाई ट्राफिक नियमका बारे परिक्षण गराउदै सचेतना कार्यक्रम गरेको जिल्ला ट्राफिक कार्यलय बाँकेका प्रहरी सहायक निरिक्षक मातर शिंह ले जानकारी गराउनुभएको छ ।
