(Saturday 25th of July 2026)
`

सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 14.6K
    SHARES

    आशा परियार : नेपालगन्ज – बाँकेमा सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रम गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नं.२० राझा स्थित सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्याक्रम आइतवार गरिएको हो ।
    जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेको मातहत अस्थाई ट्राफ्रिक प्रहरी पोष्ट गनापुरबाट खटिएको टोलीले सवारी साधनहरुमा सबै भन्दा बढी असुरक्षित सवारी साधन मोटरसाईकल भएको हुँदा मोटरसाईकलका चालकहरुलाई सवारी दुर्घटना हुनबाट बच्ने उपाया सिकाउदै सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्याक्रम गरिएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरिक्षक ओम प्रसाद पौडेलले जानकारी गराउनु भएको छ ।
    साथै बढ्दो कोभिड १९ संक्रमण लाई मध्यनजर गर्दै कोभिड १९ संक्रमणबाट बच्ने उपायहरु, सवारी दुर्घटना हुनबाट बच्ने उपायाहरु, ट्राफिक नियम उलङ्घनबाट हुने दुर्घटना तथा सडक अनुशासनको पालना सम्बन्धि प्रशिक्षण गराएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology