(Saturday 25th of July 2026)
`

बर्दिया प्रहरीद्धारा अबैध सामान बरामद

  • सगरमाथा गन्तब्य
  • 8.6K
    SHARES

    बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले अबैध रुपमा ल्याउँदै गरेको सामान सहित एक जना मानिस पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएका टोलीले चेकजाँच गर्ने क्रममा गुलरिया नगरपालिका ११ गणेशपुर बर्दियामा स्थितमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सामान सहित एक जना मानिस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
    भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याउँदै गरेको अन्दाजी २४ हजार मुल्य बराबरको १६ थान सिलिङ् पंखा सहित जिल्ला बर्दिया गुलारिया नगरपालिका ११ स्थितमा बस्ने प्रदिप बढहीलाई बिहीवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ । भारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामान सहित एक जना मानिस नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology