(Saturday 25th of July 2026)
`

अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज – संबैधानिक सर्वोच्चता र बिधिको शासन कायम गरि अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै नेकपा एमाले बाँके सम्बद्ध भातृ संगठनहरुले सरकारको ध्यानाकर्षण गरेका छन । जनप्रतिनिधिको कार्यकाल पूरा हुनु अगावै नयाँ जनप्रतिनिधि निर्वाचित भैसक्नुपर्ने भन्दै नेकपा एमाले बाँके सम्बद्ध २२ वटा भातृ संगठनहरुले बाँके जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका हुन ।
    स्थानीय तहलाई जन प्रतिनिधि बिहिन बनाउने कुनैपनि कार्यलाई अस्विकार गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा अहिले निर्वाचन नगर्ने बदनियतले संबिधानको धारा २२५ र स्थानीय तहको ऐन २०६३ को दफा ३ बाझिएको भन्ने भनाइ भ्रमपुर्ण रहेकाले भ्रम छरेर जनतालाई राखेर संबिधान कुल्चने गठबन्धन सरकारको जुनसुकै कदमलाई हामी भत्सर्ना गर्दछौं भनिएको छ ।


    ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले मागलाई सम्बोधन हुनेगरी प्रधानमन्त्री समक्ष पुग्नेगरी पठाउँने बताउनुभयो । नेकपा एमाले बाँके सम्बद्ध अनेरा स्वबियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, नेपाल बुद्धिजिवि परिषद, प्रगतिशील पेशागत कानुन ब्यबसायी संगठन, नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन, नेपाल राष्ट्रिय उद्योग ब्यबसायी महासंघ, प्रगतिशिल इन्जिनियर्स एसोसिएसन नेपाल, मानवधिकार एलायन्स, जिफन्ट नेपाल ट्रेड युनियन महासंघ, खेलकुद महासंघ, पेशागत महासंघ, नेपाल लोकतान्त्रिक जनजाती महासंघ,राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ लगायतले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र नेकपा एमाले बाँकेका सचीव रत्न खत्रीले बुझाएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology