नेपालगन्ज : नेपालगन्जमा तपाईको मास्क खै अभियान जारी छ । लागु औषध बिरुद्ध निः शूल्क परामर्श केन्द्र सामुदायिक प्रहरी केन्द्रको सहकार्यमा र होटल व्यबसायी संघ नेपालगन्जको आयोजनामा मास्क बितरण अभियान संचालन गरिएको हो । बढ्दै गएको कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै मास्क बितरण कार्यक्रम संचालनमा ल्याएको छ । यहि माघ ७ गते जमुनाह सिमानाकाबाट सुरुवात गरिएको मास्क वितरण नेपालगन्जको बिपि चोक, बसपार्क, पुष्पलाल चोक लगायतका स्थानमा मास्क बितरण कार्यक्रम संचालन गरिने आयोजक टिम होटल व्यवसायीले जनाएको छ ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा बाँकेमा खुल्ला सिमानाकाका कारण कोभिड संक्रमणको संख्या उच्च देखिएको छ । भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर, र बागेश्वरी हेल्थ डेस्कमा लगायतमा गरिएका कोभिड परिक्षणबाट पोजेटिभ पुष्टि हुने संक्रमितको संख्या उच्च देखिएको छ । उक्त कोभिड १९ संक्रमणबाट बच्न आयोजक टिमले मास्क बितरण कार्यक्रम संचालन गर्नेे होटल व्यबसायी संघ नेपालगन्जका कुमार सिरपालीले जानकारी गराउनुभयो ।
