नेपालगन्ज, माघ ०७ –नेपालगन्जमा मास्क बितरण कार्यक्रम संचाललन गरेको छ । बढ्दै गएको कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै मास्क बितरण कार्यक्रम संचालनमा ल्याएको हो । लागु औषध बिरुद्ध निः शूल्क परामर्श केन्द्र सामुदायिक प्रहरी केन्द्रको सहकार्यमा र होटल व्यबसायी संघ नेपालगन्जको आयोजनामा मास्क बितरण कार्यक्रम संचालन गरिएको हो ।
यहि माघ ७ गते जमुनाह सिमानाकामा ११ बजे र बि पि चोकमा ४ बजे देखि मास्क वितरण गरिएको हो । माघ ८ गते पुष्पलाल चोकमा ११ बजे , बसपार्कमा ४ बजे उक्त मास्क बितरण कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा बाँकेमा खुल्ला सिमानाकाका कारण कोभिड संक्रमणको संख्या उच्च देखिएको छ । भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर, र बागेश्वरी हेल्थ डेस्कमा लगाएतमा गरिएका कोभिड परिक्षणबाट पोजेटिभ पुष्टि हुने संक्रमितको संख्या उच्च देखिएको छ । उक्त कोभिड १९ संक्रमणबाट बच्न आयोजक टिमले मास्क बितरण कार्यक्रम संचालन गर्नेे होटल व्यबसायी संघ नेपालगन्जका कुमार सिरपालीले जानकारी गराउनुभयो ।
