नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंंक लिमिटेडको १०६ औं शाखा कार्यालय बर्दियाको राजापुरमा सञ्चालनमा आएको छ । सांग्रिला बैंकको १०६ औं शाखा कार्यालय बिहीवार राजापुरमा शुभारम्भ गरिएको हो । हाल बर्दिया जिल्लामा जम्मा ४ वटा शाखा पुगिसकेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका बैंकका क्षेत्रिय प्रबन्धक जयन्द्र बहादुर खड्काले जानकारी गराउनुभयो । डेभलपमेन्ट बैंक लिमिटेडको कुल कर्जा ४३ अर्ब ९८ करोड र कुल निक्षेप ४९ करोड ३९ लाख रहेको डेभलपमेन्ट बैंक लिमिटेडले झन्डै ८ सय खाता खोली सकेका छन् ।
बर्दिया राजापुर शाखामा बिहीवार ८ जनाले खाता खोली ७ जनालाई कर्जा प्रवाह गरेको बैंकका क्षेत्रिय प्रबन्धक खड्काले जानकारी गराउनुभयो । डेभलपमेन्ट बैंंक लिमिटेडले ३२ वटा एटिएम समेत रहेको जानकारी उहाँले गराउनुभयो ।

शुभारम्भ कार्यक्रममा क्षेत्रिय इन्चार्ज जिवन डि. सी., सांग्रिला डेभलपमेन्ट बैंंक लिमिटेड खजुरा शाखाका प्रबन्धक कैलाश खड्का, सांग्रिला डेभलपमेन्ट बैंंक लिमिटेड गुलरिया शाखाका प्रमुख गजेन्द्र बि. क., सांग्रिला डेभलपमेन्ट बैंंक लिमिटेड भुरिगाउँ शाखाका प्रबन्धक कुलभुषण शर्मा, सांग्रिला डेभलपमेन्ट बैंंक लिमिटेड सानो श्री शाखाका प्रबन्धक प्रकाश पोख्रेल लगायतको सहभागिता रहेको क्षेत्रिय प्रबन्धक खड्काले जानकारी गराउनुभयो । यस अघि बैंकले बर्दियाको भुरीगाउँ दाङ र सुर्खेतमा पनि शाखा उद्घाटन गरि कार्य संचालनमा ल्याएको छ ।
