(Saturday 25th of July 2026)
`

बारबर्दिया नगरपालीकालाई २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने प्रतिबद्धता

  • सगरमाथा गन्तब्य
  • 12.7K
    SHARES

    जनक चौधरी – बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकालाई वि.सं. २०८० भित्र बालविवाह मुक्त पालिका बनाउने एक कार्यक्रमका सहभागिहरुले प्रतिवद्धता जनाएका छन् । प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा संचालित बाल संरक्षण परियोजना अन्तर्गत संस्थाको आयोजना तथा पालिकाको समन्वयमा सम्पन्न तिन दिने बाल विवाह मुक्त अभियान संचालन निर्देशिका निर्माण कार्यशाला गोष्ठिका सहभागिले सो प्रतिवद्धता जनाएका हुन ।
    कार्यक्रमम नगर उपप्रमुख अन्जु दहितले नगरपालिकाले संस्थाको सहयोगमा बाल संरक्षण निति, कार्यविधि र बालविवाह विरुद्ध रणनैतिक योजना तयार गरी कार्यन्वय समेत गरिरहेको बताउनु भएको थियो । नगर उपप्रमुख अन्जु दहितको अध्यक्षतामा संचालित कार्याशाला गोष्ठीमा पालिकालाई बाल विवाह मुक्त घोषण गर्नका लागि निर्देशिका निर्माण गर्ने उद्देश्यले आयोजित गोष्ठीमा पालिकामा बाल विवाहको अवस्था, चुनौती, साथै घोषणा गर्नको लागि चाहिने आवश्यक मापदण्ड र सुचकको बारे व्यापक छलफल पनि गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंगशाह, ११ वटै वडाका वडा अध्यक्ष महिला तथा बालबालिका शाखा प्रमुख उषा पुन, स्वास्थ्य शाखा प्रमुख दिल्ली राज शर्मा, शिक्षा शाखा प्रमुख, प्रहरी प्रतिनिधि नगरप्रवक्ता लगाएतको उपस्थिति रहेको थियो ।
    बाँके यूनेस्को क्लवले बाल परियोजना अन्र्तगत बर्दियाको ४ वटा पालिकालमा विभिन्न जनचेतना मुलक कार्यक्रम र निति बनाउने काम गर्दै आईरहेको बाँके युनेस्को क्लवका फिल्ड सुपर भाईजर जनक चौधरीले जनकारी दिनु भएको छ । सो कार्यशाला गोष्ठीको सहजीकरण जगदिश थापाले गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology