(Saturday 25th of July 2026)
`

बाँके प्रहरीद्धारा ५३७ मुद्दाका ६७४ अभियुक्त पक्राउ

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    नेपालगन्ज, माघ : जिल्ला प्रहरी कार्यालय बाँकेले ६ महिना अवधिमा ६७४ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०७८÷०७९ को ६ महिना अवधिमा ५३७ मुद्दामा ६७४ जनालाई पक्राउ गरि कारवाही गरेको हो । मंगलवार प्रहरीले पत्रकार सम्मेलन गरि ६ महिना अवधिको विवरण सार्वजनिक गरेको छ । प्रहरीले आ.ब. २०७८/०७९ मा ब्राउनसुगर २६५ ग्राम ६१० मिलिग्राम, चरेश ४ किलो ३७५ ग्राम, नाईट्राजेपाम ३५४३ ट्याव्लेट, कोरेक्स ६००० मिलिलिटर, गाँजा २० ग्राम, ट्रमाडोलः १४३० ट्याव्लेट सहित ८८ जना लागू औषध कारोबारीलाई ५ लाख ११ हजार नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी गराउनुभयो । यस्तै प्रहरीले १ सय ३९ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
    प्रहरीले नेपालगन्ज वडा नं. २० नेपालगन्ज विमानस्थलको परिसरबाट दुई जना सुन तस्कर सहित ४ किलो २९.१९ ग्राम सुन बरामद गरि पक्राउ गरेको छ । सुनको मूल्य ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रुपैया बराबरको सुन पक्राउ गरिएको हो ।

    यस्तै सुन भनी नक्कली धातु देखाई ठगी गर्ने पक्राउलाई समेत प्रहरीले पक्राउ गरेको छ । डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका वडा नं. १ वस्ने रविन्द्र रोकायलाई १ किलो सुन दिन्छु भनि निजलाई सुन जस्तो नक्कली धातु देखाई निजबाट रु १५ लाख रकम लिई ठगी गर्ने जाजरकोट बारेकोट गाउँपालिका ६ वस्ने राजु कार्की र सोही ठाउँ वस्ने पुर्ण बहादुर वि.क.लाई पुष १४ गते पक्राउ गरी अनुसन्धान भैरहेको बाँके प्रहरीका प्रबक्ता न्यौपानेले बताउनुभयो । यस्तै बाघको छाला ३, रेडपाण्डाको छाला १, भालुको पित ४, हातीको दाँत २ सहित १० जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बुझाईएको प्रहरीले जनाएको छ । प्रहरीले कटुवा पेस्तोल ३, एयरपेस्तोल १, भरुवा भन्दुक १, सो लाग्ने छर्रा ३ सहित ४ जनालाई पक्राउ गरी कारबाही गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।


    यस्तै बाँके जिल्लाको बिभिन्न स्थानहरुबाट चोरी भएका ३ वटा स्कुटी, ११ वटा मोटरसाईकल बरामद गरी सवारी साधन चोरी कार्यमा संलग्न १७ जनालाई कारबाही गरिएको बाँकेका डिएसपी न्यौपानेले बताउनुभयो । यसैगरि बाँके जिल्लाको बिभिन्न स्थानबाट हराएका चोरी भएका स्मार्ट फोन १९ वटा फेला पारी सम्बन्धित मोवाईल धनीलाई बुझाईएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलवार प्रहरीले विभिन्न समयमा बरामद गरेको ब्राउनसुगर सहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको छ । पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका लगायतका प्रतिनिधिको रोहवरमा ब्राउनसुगर, चरेस, नाईट्राजेपाम ट्याब्लेट, कोरेक्स लगायतका लागूऔषधहरु जलाएर नष्ट गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । विभिन्न समयमा बरामद भएका लागूऔषधहरु प्रहरीले समय समयमा नष्ट गर्दै आइरहेको छ । पछिल्लो समयमा गत असोज महिनामा प्रहरीले नष्ट गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology