(Saturday 25th of July 2026)
`

मेला, महोत्सव लगाउन अनुमति दिएका छैनौं, लगाए कारवाही गरिने : जिल्ला प्रशासन

  • सगरमाथा गन्तब्य
  • 16.5K
    SHARES

    नेपालगन्ज  : तेश्रो चरणको कोरोना कहर चलिरहँदा पनि बाँकेका विभिन्न स्थानमा मेला महोत्सव लगाउने कार्यलाई तिव्रता दिईएको छ । बाँकेको भुवरभवानी मेला हरेक बर्ष माघमा लाग्ने गर्दछ । कोरोना कहरका कारण सरकारले २५ जना भन्दा बढि जमघट गर्न नमिल्ने निर्देशन दिएको छ तर भुवरभवानी मेला भने संचालनको लागि अन्तिम तयारीमा रहेको छ । कोरोनाका कारण गत बर्ष मेला संचालन भएको थिएन तर यसबर्ष दैनिक कारोना संक्रमण बढ्दै गएपनि मेला संचालनको तयारीमा राप्तीसोनारी गाउँपालिका लागिरहेको स्थानियले जानकारी गराएका छन् । सरकारले जारी गरेको निर्देशनलाई गाउँपालिकाले अटेरी गरिरहेको स्थानियवासीको भनाई छ । कोरोना कहरमा पनि मेला संचालन गर्न दिने गाउँपालिकाप्रति खेद प्रकट रहेको स्थानिय एक जना युवाले भन्नुभयो । केही दिनयता राप्तीसोनारीमा बाघको आतंक छदैछ उहाँले भन्नुभयो । बाघले एक हप्तामा ३ जनाको ज्यान लग्यो । घनाजंगलमा मेला लगाउँदा बाघले पनि आक्रमण नगर्ला भन्न सकिन्न उहाँले भन्नुभयो । बाख्रा चराउन, जंगलमा दाउरा गर्न जादा, घाँस काट्न जाने स्थानिय ३ जनालाई बाघले ज्यान लिइसकेको छ ।
    जंगलमै भुवरभवानी मेला लगाउने र बाघले पनि आक्रमण गर्न सक्ने भएको हुनाले यसमा गाउँपालिका गम्भीर हुन आवश्यक रहेको स्थानिय युवाहरुको भनाई छ । बाघलाई नियन्त्रण गर्न दुई वटा हात्ती र केन्द्रिय टोली बाँकेमा आएका छन् । राप्तीसोनारीका सम्पुर्ण विद्यालय कोभिडका कारण बन्द छन् तर मेला संचालनका लागि गाउँपालिकाले अनुमति दिनु उचित होइना एक जना युवाले भन्नुभयो । यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेले भने गृहमन्त्रालयको निर्देशन बमोजिम कदम चाल्ने जनाएको छ ।
    गृहमन्त्रालयको निर्देशन बमोजिम २५ जना भन्दा बढि जमघट हुन नपाउने, विद्यालय खुल्न नपाउने, मेला महोत्सब लगाउन नपाउने निर्देशन बमोजिम बाँकेमा पनि लागु हुने जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी गराउनुभयो । यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भने पुखौंदेखि लाग्ने मेला संचालन नगरेपनि स्थानियले पुजापाठ गर्न आफै आइहाल्ने थलो रहेको उहाँले जानकारी गराउनुभयो । मेला नलगाएपनि भुवरभवानीको पुजापाठका लागि भारतदेखि नेपालका विभिन्न जिल्लाका भक्तजनहरु पुजाआजा गर्न आउनेलाई रोक्न नसकिने उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology