नेपालगन्ज : प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति बाँकेको अध्यक्षमा प्रज्वल श्रेष्ठको दावी रहेको छ । यही पुष २८ गते नेपालगन्जमा हुने नवौं जिल्ला अधिबेशनमा संचारकर्मी श्रेष्ठले अध्यक्षको दावी रहेको सामाजिक संजालमा पोष्ट गर्नुभएको हो ।
पाल्पाको व्यवसायीक एफएम श्रीनगर एफएमबाट आफ्नो पत्रकारिता सुरुवात गर्नुभएका संचारकर्मी श्रेष्ठ नेपालगन्जको रेडियो भेरी आवाज, बागेश्वरी टिभी हुँदै रेडियो बागेश्वरी एफएम नेपालगन्ज लामो समयदेखि कार्यरत रहनु भएको छ । करिव दुई दशक लामो समयसम्म पत्रकारिता गर्दै आएको अनुभव रहेको श्रेष्ठले प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा आफ्नो उम्मेद्वारी रहेको दाबी गर्नु भएको छ ।
समृद्ध नेपाल निर्माणका लागि सबल, श्रमजिबी पत्रकार प्रेस स्वतन्त्रता र व्यवसायीक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने मुल नाराका साथ बुधवार नेपालगन्जको मेरो प्लानेटमा ९ औं अधिबेशन हुन गैरहेको प्रेस चौतारी नेपाल बाँके शाखाका सचिव कमल डाँगीले जानकारी गराउनुभयो । अहिलेसम्मका लागि अध्यक्षको उम्मेदवारी विश्वराज पछल्डग्या, दुर्गा रोकाय, शंकर खनाल, श्रेष्ठ र सकिल कादरीको नाम अगाडी आएको छ एक जना कार्यसमिति सदस्यले भन्नुभयो । लामो समय पत्रकारिता क्षेत्रमा विताएका श्रेष्ठले अध्यक्षको उम्मेद्वारी दावी गरेको सामाजिक संजालमा पोष्ट गर्नुभएको छ ।
