नेपालगन्ज : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रदेश अधिवेशनलाई भव्य बनाउन बिहीवार प्रचार प्रसार समिति गठन गरिएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख लिला रानाको अध्यक्षतामा बिहीवार नेपालगन्जमा भएको वैठकले रानाको संयोजकत्वमा २३ सदस्यीय प्रचार समिति गठन गरेको हो ।
समितिको सहसंयोजकमा शिव डोटेल रहनुभएको छ । सदस्यहरुमा अछरी पोखरेल, रुद्र सुवेदी, पार्वती पान्डे, शोभाखर पन्थी, भेषराज बस्नेत, नवराज भुसाल, अमृत गिरी, भगवान भण्डारी, हेमन्त बिक, डिलप्रकाश गौतम, ज्ञानबहादुर महतरा, जानु पाण्डे, नोमराज पौडेल, मुकुन्द सुवेदी, सुदिप अधिकारी, यज्ञप्रसाद सापकोटा, ओपेन्द्र बस्नेत, विश्वराज पछल्डङ्ग्या, शकील अहमद कादरी, भगतराम थारु र रञ्जिता अधिकारी रहनु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन यहि माघ ८ गते बाँकेमा हुँदैछ ।
