(Saturday 25th of July 2026)
`

ल्होसारमा फोनिज बाँकेको निशुल्क हेल्थ डेस्क, ३ सय बढिको स्वास्थ्य चेकजाँच

  • सगरमाथा गन्तब्य
  • 9.1K
    SHARES

    नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाले गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा एक दिने निशुल्क हेल्थ डेस्क संचालन गरेको छ । फोनिज बाँकेको आयोजना तथा हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा एक दिने निशुल्क हेल्थ डेस्क संचालन गरेको हो ।
    आदिवासी जनजातिको हरेक पर्व धुमधामका साथ मनाउने फोनिज बाँकेले पहिलो बैठकबाट निर्णय गरेपछि गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा निशुल्क हेल्थ डेस्क संचालन गरेको फोनिज बाँकेका सचिव लक्ष्मी चौधरीले जानकारी गराउनुभयो । पुष १५ गते गुरुङ समुदायको तमु ल्होसारको अवसरमा भव्य कार्यक्रमको आयोजनामा ३ सय बढिलाई निशुल्क सुगर, प्रेसर चेकजाँच गरिनुका साथ सामान्य औषधी प्रदान गरिएको फोनिज बाँके शाखाका सचिब चौधरीले जानकारी गराउनुभयो ।


    मंसिर २५ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेको छैठौं अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिले केन्द्र र प्रदेशको अधिबेशनका लागि तयारी समेत भैरहेको उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology