(Saturday 25th of July 2026)
`

भेरी अस्पताल परिसरमा एकै कोठामा ४ जनाको मृत्यु ३ अचेत अवस्थामा फेला

  • सगरमाथा गन्तब्य
  • 13.9K
    SHARES

    नेपालगन्ज : नेपालगन्जको भेरी अस्पताल परिसर भित्र रहेको क्वाटरमा सुतेका कालीकोट खांडचक्र–६ निवासी २३ बर्षिय धर्म प्रसाद भट्टराई सहित ७ जना मध्य ४ जना बिहिबार बिहान मृत्यु अवस्थामा भेटिएका छन् । राती सुतिरहेको अवस्थामा मृत भेटिएका ४ जनाको शव गृहमा शव राखिएको अस्पताल श्रोतले जनाएको छ भने ३ जना बेहोसी अवस्थामा रहेका छन् । बेहोसी अवस्था रहेका ३ जनाको भेरी अस्पताल नेपालगन्जको आइसियुमा उपचार भैरहेको भेरी अस्पतालका डाक्टर राजन पाण्डेले बताउनुभयो ।
    भेरी अस्पतालको पश्चिम पट्टि परिसर भित्रै रहेको कर्णाली प्रदेश, सम्पर्क कार्यालयको नेपालगन्ज स्थित मेडिकल स्टोरमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्म प्रसाद भटटराईको क्वाटरबाट विहिवार विहान कोही पनि नउठेपछि ढोका खोलेर हेर्दा धर्म प्रसाद भटटराई, निजको ३ महिनाको बच्चा इप्सन भटटराई, आमा ४५ बर्षिय कोकीला भटटराई, धर्म प्रसादको दिदि २७ वर्षीय दिदी नन्दकली भटराईको मृत्यु भएको अवस्थामा भेटिएका डाक्टर पाण्डेले बताउनुभयो ।


    बेहोस अवस्थमा फेला परेका धर्म प्रसाद भटटराईको २४ वर्षीया श्रीमति सुशिला, ३ वर्षीय छोरा विवश र १८ वर्षिय भाइ नरेन्द्रको भेरी अस्पतालको आइसियुमा उपचार भईरहेको छ । मृतकको मृत्यु गुमनाम कोठा र आगोको धुवाले निसासिएर मृत्यु भएको हुना सक्ने डाक्टर राजन पाण्डेको भनाई छ । घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेको प्राबिधिक तथा प्रशासनिक टिमले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहितको टिमले अनुसन्धान गरिरहेको घटनास्थलमा पुग्नु भएका प्रहरी निरिक्षक खिम बहादुर घर्ति मगरले जानकारी दिनुभएको छ । भेरीको उक्त घटनामा जाडो बढे सँगै आगो बालेर एकै कोठामा ७ जना सुतेकोमा धुवाँ ग्यास पोइजन भएर यसरी मृत्यू भएको आशंका पनि गरिएको छ भने यस्ता ग्यास पोइजन भएर मृत्यू भएको घटना यस अघि पनि सार्वजनिक हुदै आएका थिए । नेपालगन्जको भेरी अस्पतलामा कार्यालय सहयोगीको रुपमा समेत कार्यरत धर्म प्रसाद भटटराई कर्णाली प्रदेश, सम्पर्क कार्यालय नेपालगन्ज स्थित मेडिकल स्टोरको कर्मचारी रहेको भेरी अस्पतालले जनाएको छ । थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology