(Saturday 25th of July 2026)
`

ल्होसारको अवसरमा फोनिज बाँकेद्धारा एक दिने निशुल्क हेल्थ डेस्क संचालन गरिने

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES

    नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाले गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा एक दिने निशुल्क हेल्थ डेस्क संचालन गर्ने भएको छ । आदिवासी जनजातिको हरेक पर्व धुमधामका साथ मनाउने फोनिज बाँकेले पहिलो बैठकबाट निर्णय गरेपछि गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा निशुल्क हेल्थ डेस्क संचालन गर्ने भएको हो । पुष १५ गते गुरुङ समुदायको तमु ल्होसारको अवसरमा भव्य कार्यक्रमको आयोजनामा निशुल्क चेकजाँच गरिनुका साथ सामान्य औषधी पनि प्रदान गरिने फोनिज बाँके शाखाका सचिब लक्ष्मी चौधरीले जानकारी गराउनुभयो ।
    मंसिर २५ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेको छैठौं अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो केन्द्र र प्रदेशको अधिबेशनका लागि तयारी समेत भैरहेको उहाँले जानकारी गराउनुभयो । यस्तै सरकारले पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology