(Saturday 25th of July 2026)
`

चलचित्र ‘चुरीफुरी’ टोली पोखरामा

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    काठमाडौं – सामाजिक कथा बस्तु बोकेको कमेडी जनराको चलचित्र ‘चुरीफुरी’को टोली दर्शक प्रतिक्रिया बुझ्न पर्यटकीय नगरी पोखरा पुगेको छ । लेखक तथा निर्देशक ऋषिराज आचार्यको नेतृत्वमा अभिनेत्री सोना बज्राचार्य र कलाकार सोहनजंग श्रेष्ठको टोली पोखरा पुगेको हो ।
    शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रको कथाबस्तु दर्शकले मन पराएको अभिनेत्री सोनाले बताइन् । यो उनको डेब्यु चलचित्र हो । मिस आइकन २०१६ रनर अप सोना दर्शकको प्रतिक्रियाबाट उत्साहित छिन् । करिब आधा दर्जन म्युजिक भिडियो तथा विज्ञापनमा खेलिसकेपछि सोनाले चलचित्रमा प्रवेश गरेकी हुन् । सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको यस चलचित्रबाट निर्देशक आचार्य पनि खुशी देखिएका छन् ।
    हलिउड चलचित्र स्पाइडर म्यान र बलिउडको पुष्पा जस्ता चलचित्रको चेपुवामा परेका कारण आफ्नो चलचित्रले कम शो पाएको बताउँदै निर्देशक आचार्यले माउथ पब्लिसिटीका कारण दर्शक बिस्तारै बढ्दै गएको प्रतिक्रिया दिए ।
    यसअघि च्यारिटी शोबाट पनि राम्रो रेस्पोन्स पाएको सोनाले बताइन् । च्यारिटी शो बाट संकलित रकम बिभिन्न सामाजिक कार्यमा लगाएको पनि उनले जानकारी दिइन् । अध्ययनका नाममा विदेशिने युवा र जग्गाको कारोबारमा ठगिएको कथालाई कमेडी शैलीमा देखाइएको उनले जानकारी दिइन् ।


    चलचित्र चुरीफुरीमा सोनासँगै रबिन्द्र झा, सुबोध गौतम, राजिबजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, दीपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य मुख्य कलाकारका रुपमा रहेका छन् । दीपक शर्माको संगीत रहेको यस सिनेमाको गीतमा समिर आचार्य, विश्व नेपाली, बेनिसा पौडेलको स्वर रहेको छ ।
    भिमफेदी ग्रुपको कोरियोग्राफी रहेको यस सिनेमाको छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन नवीन निरौलाले गरेका छन् । पास्र्व संगीत हेमराज आश्रमको रहेको छ । बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा सहनिर्माता रहेको यस सिनेमाको निर्माता ऋषिराज आचार्य र रीना ढकाल भण्डारी रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology