(Saturday 25th of July 2026)
`

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग स्वास्थ्य विभागले हेल्थ डेस्क राख्ने

  • सगरमाथा गन्तब्य
  • 11.5K
    SHARES

    नेपालगन्ज – नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेले बुधवार बैठक बसी विभिन्न निर्णय गरेको छ । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेका इन्र्चाज अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले र नेकपा एमाले बाँकेको पौष २३ गते हुने स्वास्थ्य तथा जनसंख्या विभागको तर्फबाट हेल्थ डस्क स्थापना गर्ने निर्णय गरेको हो । नेपालगन्जमा रहेका स्वास्थ्य क्षेत्र नर्सिङ होम र भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ भेटेर त्यहाँका समस्याको बारेमा छलफल र अन्र्तक्रिया गर्ने, केन्द्रिय नीति अनुसार नेकपा एमाले जिल्लाको निर्वाचनमा सर्वसम्मतले कार्यसमिति चयन गर्नहुन जिल्ला कमिटिलाई अनुरोध गर्ने, विभागको तर्फबाट पौष २३ मा हुने नेकपा एमाले जिल्ला कमिटिको अधिवेशन र माघ ८ मा हुने प्रदेशको अधिवेशनमा विभागको तर्फबाट आ –आफ्नो भुमिका निभाउने, पौष १७ गते हुने प्रतिनिधि छनौटमा आ –आफ्नो क्षेत्रमा सक्रिय सहभागीता हुनु पर्ने, पौष १३ को सर्कुलर अनुसार केन्द्रले राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाललाई जनवर्गीय संगठनको मान्यता प्रदान गरेको हुनाले जिल्लामा पनि जनवर्गीय संगठन सरह १ महिला सहित ३ जना प्रतिनिधि पठाउन पाउने वातावरण मिलाइ दिनहुन जिल्ला कमिटिलाइ अनुरोध गर्ने निर्णय गरेको छ ।
    यसैगरी पौष २३ गते हुने जिल्लाको निर्वाचनमा हेल्थ डेस्क संचालन गर्नको निम्ति विभागका सदस्य प्रकाश गौतमको संयोजकत्वमा ११जनाको समिति बनाइएको छ । जसमा संयोजक प्रकाश गौतम सदस्यहरुमा अनिता थापा, खड्क रोका, सुमन गीरी, मनकुमारी सिलवाल, सुदिप पौडेल, राजन शाही, पटल रावल, संकेत रिमाल, भरत बुढाथोकी लगायतलाई जिम्मा दिइएको स्वास्थ्य तथा जनसंख्या विभागका सचिव सुमन गीरीले जानकारी दिनु भयो ।
    बैठकमा नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुड., क्षेत्र नं.२ का अध्यक्ष अशोक कर्माचार्य, स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेका सल्लाहकार राम बहादुर चन्द लगायतले पोैष २३ र माघ ८ गते हुने नेकपा एमालेको जिल्ला र प्रदेशको निर्वाचनको सफलताको कामना गर्दै स्वास्थ्य क्षेत्रको चर्चा गरेका थिए । बैठकमा विभागका सह इन्चार्ज अनिता थापा, सचिव सुमन गीरी, विभागका सदस्यहरु मनकुमारी सिलवाल, खडक रोका, प्रकाश गौतम, तरेन्द्र थापा, भरत बुढाथोकी, सुनिता आचार्य लगायतको सहभागीता रहेको थियो । विभागले यस अधि महिलाको महान चाड हरितालिका तिजमा स्वास्थ्यकर्मी महिलाहरुलाई समेटेर तिजको दर खुवाउने कार्यक्रम पनि गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology